बैकंनोट तथा स्मार्टफोनमा कोरोनाभाइरस २८ दिनसम्म जीवित रहने– अनुसन्धान

अमेरिका– अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले गरेको एक प्रयोगशाला अध्ययनमा कोरोनाभाइरस बैकं नोट तथा स्माटफोन स्क्रीनको सिसामा २८ दिनसम्म जिवित रहने दाबी गरेको हो ।
न्युज एजेन्सी एएफपीको रिपोर्ट अनुसार अष्टेलियाको राष्ट्रिय विज्ञान एजेन्सीको अनुसन्धानले यो दाबा गरेको हो । कोरोनाभाइरस बैंक नोट तथा मोवाइल फोनमा जाडो तथा अध्यारो परिस्थितमा २८ दिन सम्म जीवित रहने बताइएको छ । अनुसन्धान अनुसार अध्यारोमा तीन डिग्री सेल्सियस तापमानमा कोरोनाभाइरस कति समय सम्म जिवित रहन सक्छ भन्ने कुरा परीक्षणमा पत्ता लागेको हो ।
यो अध्ययनमा गर्मि समयमा भने कोरोनाभाइरस जीवित रहने दर कम हुने देखाएको छ ।
यो शोध २०, ३० तथा ४० डिग्री सेल्सियस मा गरिएको थियो । यसमा तापमान बढदै जादा कोरोनाभाइरस जिवित रहने संभावना कम हुदै जान्छ ।
वैज्ञानिकले २० डिग्री सेल्सियस तापमानमा कोरोनाभाइरस मोवाइल तथा बैकनोटमा तिव्र रुपमा फैलिन्छ र यो २८ दिनसम्म जीवित रहन्छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...