ब्राजिल मा कोरोना भाइरस बाट मर्ने को संख्या डेढ लाख नाघ्यो
ब्राजिल-कोरोना भाइरस (कोभिड -१९) महामारी ले ल्याटिन अमेरिका का देश हरु मा लगातार प्रभाव पारिरहेको छ । जसमध्ये ब्राजिल, चिली, पेरु, मेक्सिको सबैभन्दा प्रभावित देश हुन् । यी मध्ये सबै भन्दा बढी प्रभावित देश ब्राजिल हो । अहिलेसम्म पनि ब्राजिल मृत्यु हुने को संख्याको आधारमा दोस्रो स्थान मा यथावत छ भने संक्रमीतको संख्या अनुसार तेस्रो स्थानमा छ । कोरोना महामारी कतिपय देशमा कमि आए पनि अझै पनि धेरै देश हरुमा कमि आएको छैन । ७ महिना देखि लगातार कोरोना भाइरस को प्रकोप मा परेको ब्राजिल अहिले सम्म पनि कमि आएको छैन । लगातार बढीरहेको कोरोना संक्रमीतको कारण मृत्यु हुनेको संख्या अहिले सम्म आइ पुग्दा १ लाख ५० हजार नाघेको छ । ब्राजिलमा सात महिनाको अवधिमा मृत्यु हुने को संख्या यति पुगेको हो । दुइ महिना अघि अगस्त ८ तारिख मा एक लाख मृत्यु दर पुगेको थियो भने अहिले दुइ महिनाको अबधिमा मात्र ५० हजार को मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमीत को संख्या र मृत्यु दर मा कमि नआए पनि अहिले ब्राजिलको जनजीवन भने सामान्य भैसकेको छ । लक डाउन खुली सकेको छ भने ब्यापार ब्यावसाय पनि सुचारू भैसकेका छन् । तर यता ब्राजिलमा अर्थतन्त्र चाहिँ खस्केको छ भने महङ्गी उच्च भएको छ । अहिले ब्राजिलमा हरेक सामान को उच्च वृद्धिदर भएको छ । सेनिटाइजर मास्क जस्ता सबै सामानहरु सजिलै पाइए पनि ती सामानहरुको भाउ भने बढेको छ । आज सम्म ब्राजिल सरकारले कोरोना रोकथाम को लागि अझै त्यस्तो प्रभावकारी काम भने गर्न सकेको छैन।

बिश्वभरी कोरोना भाइरस बाट संक्रमीत हुने को संख्या ३ करोड ८१ लाख ५० हजार पुगेको छ भने मृत्यु हुने को संख्या १० लाख ८७ हजार पुगेको छ । अहिले सम्म ब्राजिलमा मात्र ५१ लाख ४ हजार संक्रमीत भैसकेका छन्, १ लाख ५० हजार ७०० को मृत्यु भैसकेको छ भने ४५ लाख निको भएका छन् । ब्राजिलको सबै भन्दा प्रभावित ठाँउ साओ पाउलो मा मात्र संक्रमीत हुने को संख्या १० लाख ३८ हजार ४ सय पुगेको छ भने मृत्यु हुने को संख्या ३७ हजार ३ सय पुगेको छ ।





















