अमेरिका– गर्भावस्थाको बेला कोही महिला कोरोना संक्रमीत भए पुरा परिवारमा चिन्ता हुन्छ । गर्भवति महिला संगै नवजात शिशु पनि कोरोना संक्रमीत हुने चिन्ताले सबैलाई सताउछ । तर अमेरिकी शोधकर्ताको नया अध्ययनमा कोरोना पोजेटिभ गर्भवति महिलाबाट नवजात शिशुमा संक्रमीत हुने खतरा निकै कम रहेको छ ।
अमेरिकाको न्युयोर्क स्थित प्रेस्बिटेरियन अस्पतालले १३ मार्च देखि २४ अप्रिल २०२० मा कोरोना संक्रमीत आमाबाट जन्मिएका १०१ नवजात शिशुमा यो अध्ययन गरिएको थियो ।
अमेरिकाको कोलक्बिया युनिभर्सिटीका शोधकर्ताका अनुसार यतिद कोही महिला मास्क लगाउन तथा स्तपान अगाडी साबुनपानीले हात धुने र शरीर सफा राख्छन भने उनिहरुको नवजात शिशुमा कोरोना हुने खतरा निकै कम हुन्छ ।
बालरोग विशेषज्ञ तथा स्वास्थय संगठनको तर्फबाट जारी गरिएको गाइडलाइन अनुसार भने कोरोना संक्रमीत महिलाको प्रसव पछि भने तत्काल नवजात शिशुलाई बेग्लै राखिने गरिएको छ ।
अध्ययन अनुसार आमाको दुधले बच्चालाई कोरोनाभाइरस संग लडन शक्ति दिने दाबी गरिएको छ । आमाको दुधमा कोरोनाभाइरस नहुने समेत अध्ययनले देखाएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...