टेक्सस– अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा लुटेराको गोली लागेर गंभीर घाइते भएका ३४ वर्षिय उमेश न्यौपानेको स्वास्थमा क्रमिक सुधार आइरहेको छ ।
गत बुधबार अस्टिनको डाउनटाउन नजिकैको स्टोरमा राती काम गरिरहेको समयमा लुटेराको गोली लागेर उनी घाइते भएका थिए ।
गंभीर अवस्थामा अस्पताल भर्ना भएका उनको अहिले स्वास्थ्यअवस्था सुधार भइहेको अस्टिन निवासी चलचित्र निर्देशक  नारायण पुरीले जानकारी दिए । सुरुका दिनमा केही गंभीर भए पनि अहिले अवस्था सामान्य रहेको उनले बताए । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनले उक्त स्टोरमा काम छाडने तयारी गरि केवल त्यो दिन सघाउनको लागी मात्र स्टोरमा गएका थिए ।
तीन जना अश्वेत वर्णका लुटेराहरु स्टोर प्रवेश गरी रातीको समयमा उनी माथि बन्दुक आक्रमण गरेका थिए । प्रहरीले तीन जना लुटेराको तस्विर सार्वजनिक गदै उनीहरुको खोजी समेत गरिरहेको छ । लुटेराले बन्दुक देखाएपछि न्यौपानेले आत्मसर्मपण गरी हात उठाउदा समेत उनी माथि आक्रमण गरिएको थियो । लुटेराले प्रहार गरेको गोली उनको पेट हुदै मुगौला सम्म पुगेको थियो । सिरहा स्थायी घर भएका न्यौपाने सपरिवार टेक्ससको अस्टिनमा बस्दै आएका छन् ,

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected