अमेरिकाको न्युयोर्कमा आफुले जन्मदिएको बच्चालाई झयालबाट फालेर हत्या प्रयास

अमेरिका– अमेरिकामा एक भारतीय मुलकी २३ वर्षिय महिलाले भर्खर जन्मेको आफनो शिशुलाई घरको झयालबाट बाहिर फालेर हत्या प्रयासको आरोपमा मुद्धा चलाइएको छ ।
अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्दै आएकी सविता दुकराम नाम गरेकी महिला आफनै बाथरुमको झयालबाट बच्चा फालेर हत्या प्रयासमा मुद्धा चलाइएको हो । न्युयोर्क पोष्टको समाचार अनुसार उनले बाथरुममा नुहाउने क्रममा बच्चालाई जन्म दिएपछि झयालबाट बाहिर गल्लीमा फालेकी थिइन । उनले पाँच फुट अग्लो झयालबाट शिशुालाई बाहिर फालेक थिइन । कयौ घन्टा देखि शिशु नग्न अवस्थाजमीनमा रोइरहेको अवस्थामा छिमेकी फेला पारेका थिए ।
बच्चा रोएको आवाज सुनेपछि छिमेकीले नाजुक अवस्थामा शिशुलाई देखेपछि अस्पताल पु¥याएका थिए । अस्पताल पु¥याएपछि प्रहरीलाई खबर गरिएको थियो । शिशुको शरीरको विभिन्न भागमा चोट लागेको छ । मस्तिष्कबाट समेत रक्तश्राव भइ नाजुक अवस्थामा अस्पतालमा उपचार भइरहेको समाचारमा जनाइएको छ ।
महिलाले आफनो जघन्य अपराध ढाक्न प्रहरी समक्ष विवादस्पद बयान समेत दिएको बताईएको छ । उनलाई हत्या कसुरमा मुद्धा अगाडी बढाइएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...