अमेरिका (क्यालिफोर्निया)-अमेरिकी स्मार्ट फोन कम्पनि एप्पलले यसै साता 5 जी टेक्नोलोजीको साथ आईफोन १२ का सिरिजहरु आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स घोषणा गरेको छ । साथै कम्पनिले स्मार्ट फोनको नया युगको सुरुवात भएको समेत दाबी गरेको छ । नया आइफोनहरुमा एज टु एज सुपर रेटिना XDR डिस्प्ले, सिरामिक शिल्ड फ्रन्ट कभरका , डुअल क्यामेरा, पावरफुल वायरलेस चार्जिंग लगायत सुबिधाहरु रखिएको कम्पनीले जानकारी गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार आईफोन १२ र आईफोन १२ मिनी पाँचवटा फरक कलरहरुमा उपलब्ध हुनेछन् भने आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्स बिभिन्न ४ फरक कलरहरुमा उपलब्ध हुनेछ । आइफोन १२ र आईफोन १२ प्रो आज अर्थात् अक्टोबर १६ देखि प्रि ओर्डर गर्न सकिनेछ जुन अक्टोबर २३ देखि उपलब्ध हुनेछ भने आईफोन १२ मिनी र आईफोन १२ प्रो म्याक्स नोभेम्बर ६ देखि प्रि ओर्डर गर्न सकिनेछ भने नोभेम्बर १३ देखि ग्राहक हरुलाई उपलब्ध गराईनेछ ।

कम्पनीले आईफोन १२ को मुल्य ७९९ अमेरिकी डलर तोकेको छ भने आईफोन १२ मिनीको मुल्य ६९९ अमेरिकी डलर तोकेको छ त्यस्तै आईफोन १२ प्रो को मुल्य 999 अमेरिकी डलर र आईफोन १२ प्रो म्याक्सको मुल्य १०९९ अमेरिकी डलर कायम गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected