अमेरिका– तीन वर्षिया छोरीले खेलाउदै गरेको बन्दुकले पिताको ज्यान गएपछि उनकै साथीलाई हत्याको आरोप लागेको छ ।
अमेरिकाको टेनेसीमा आफनै छोरीको गोलीबाट पिताको मुत्यु भएपछि छोरीसंगै बसेका साथीलाई हत्याको आरोप लागेको हो । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । टेनिसीको मेम्फिस सहरमा भएको घटनामा छोरी र एक महिला संग यात्रा गरिरहेका मृतकले बाटोमा आफना साथी २६ वर्षिय एलान्ते जोन्सलाई कारमा बसाएका थिए ।
उनले आफनो पेस्तोल साथीको छोरीको नजिक झिकेर रोखका थिए । बालिकाले रमाइलो मान्दै बन्दुक खेल्न थालिन । अचानक त्यो बन्दुकबाट गोली निस्केर कार चलारहेका पिताको टाउकोमा लाग्न पुग्यो । गोली लागेपछि कार चलाइरहेका बालिकाको पिताको घटनास्थलमा मुत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आरोपीसंग बन्दुकको लाइसेन्स समेत नभएको खुलेको छ । उनी माथि हत्या संगै अवैध रुपमा बन्दुक राखेको आरोप समेत लगाइएको छ । प्रहरीले आरोपीले जानजान साथीको हत्या गर्ने मनसायले उनकै छोरीलाई बन्दुक खेलाउन दिएको बताएको छ । घटना बारे अनुसन्धान भइरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected