कोहि “चिया” खाइरहेकाछन्
कोहि “हाई” गरिरहेकाछन्
कोहि “अनुहार” बंग्याउँदैछन्
कोहि “कहाँ” कोट्याउँदैछन्
कोहि “गाडी” मै “जुम” छन्
कोहि ओछ्यानमै “झूम” छन्
केहि छैन मित्र !
हाम्रो “जुम मिटिङ्ग” हुँदैछ
ठूला ठूला कुरा हुँदैछ

आजकल यस्तै छ
चारैतिर “कोरोना” छ
कहाँ पाउनु त्यो “राउण्ड टेबल मिटिङ्ग”
कहाँ पाउनु त्यो थरिथरिका ब्यन्जन
न त दौरा सुरुवालको झन्झट
न त सुट-टाइको खसखस

मलाई किन टाउको दुखाउनुछ
लवाई-खवाई, बसाइ, बोलाई नमिले पनि
हाम्रो “जुम मिटिङ्ग” चलेकैछ
साहित्यिक कार्यक्रम जमेकैछ
बैचारिक बहस भईरहेकैछ
त्यो “पाजी” कोरोनाले त
“मेरो सवै प्लान फेल गरायो भन्दैछ”

आखिर हाम्रो दुनियाँ चलेकैछ
टाढाटाढा भए पनि
मान्छेहरु नजिक भएकैछ
खुला मन्चमा बकम्फुसे कुरा सुन्नु भन्दा
घरै बसि “मिटिङ्ग”मा सहभागी हुन पाइएकोछ
बिस्तारै हाम्रा नराम्रा बानी सुधार्दै जाउँला
मलाई त “जुम मिटिङ्ग” मन परेकोछ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected