अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि आफु बाइडेन संग चुनावमा हारेको खण्डमा आफुले देश छाडनु पर्ने अवस्था आउने टिप्पणी गरेका छन् ।
उनले यो ठट्टामा भने पनि डेमाक्रेट पार्टिले भने यो उनको बयान सत्य सावित हुने ब बताएको छ ।
द हिल बेबसाइटको अनुसार शुक्रबार राती जर्जियामा एक चुनावी सभालाई संबोधन गर्ने क्रममा आफुले यस्तो ठट्टा गर्नु त हुदैनथ्यो तर तपाईहरुलाई थाहा छ म राष्ट्रपति निवार्चनमा इतिहासमै सबैभन्दा खराब प्रत्यासीसंग उभिएको छु ।’ उनले अगाडी भने– ‘यदि म हारे भने राम्रो हुने छैन र मलाई देश समेत छाडनु पर्ने अवस्था आउन सक्छ ।’

राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नर्थ क्यारोलिनामा आयोजीत एक कार्यक्रममा यदि आफु बाइडेनसंग चुनाव हारे के गर्ने मलाई नै थाहा नभएको बताएका थिए । सन् २०१६ को राष्ट्रपति चुनावमा उनले आफुले चुनाव हारे फेरी कुनै सार्वजनिक कार्यक्रममा देखा नपर्ने प्रतिकृया दिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected