अमेरिकामा गर्भवति महिलाको हत्या गर्ने महिलालाई मुत्युदण्डको सजाय
अमेरिका– अमेरिकामा गर्भवति महिलाको घाटी थिचेर हत्या गर्ने तथा गर्भ काटेर बच्चा अपहरण की दोषी महिलालाई मुत्युदण्डको सजाय सुनाइएको छ ।
अमेरिकाको क्यान्सस की लिसा मान्टगोमरीलाई आउदो डिसेम्बर आठ गते मुत्युदण्डको सजाय दिने फैसला भएको हो । उनले २३ वर्षिया बोबी जो स्टीनेटलाई हत्या गरेको दोषी ठहराउदै सजाय सुनाइएको हो । सन् २००४ मा भएको यो हत्याकान्ड कुकुरको बच्चा काखमा लिएको विषयमा भएको विवाद थियो । उनि कुकुरकाे बच्चा किन्न हत्याकी दोषी मान्टगोमरी मिजाैरी स्थित स्टीनेट को घर पुगेकी थिइन । घर पुगेर उनले आठ महिनाकी गर्भवति स्टिनेटको घाटीमा डोरीले कसेर तथा फेट काटेर शिशु लिएर फरार भएको समाचरा एजेन्सीहरुले उल्लेख गरेका छन् ।
अदालतमा उनले आफु मानसिक विमार भएको कारण यस्तो घटना घटेको बताए पनि न्यायधिसले उनको बयान खारेज गरिदिएका थिए ।
झण्डै २० वर्ष रोकिएको मुत्युदण्ड सजाय यसै वर्षको जुलाई देखि फेरि बहाली भएको हो ।
अमेरिकामा ६ दशक पछि पहिलो पटक कोही महिलालाई मुत्यु दण्डको सजाय सुनाइएको यो पहिलो हो ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















