अमेरिका– अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकिदै छ । यसका लागी उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।
यसै बीच डेमोक्रेट पार्टिको तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसले हिन्दुरुको महान पर्वको अवसरमा नवरात्रीको बधाई त शुभकामना दिएका छन् ।
बाइडेनले ट्वीट मार्फत हिन्दुहरुको यो पर्वमा अवसरमा म र जिल बाइडेनको तर्फबाट शुकामना दिन चाहन्छु भनेका छन् । उनले भने– भगवानले खराबको विरुद्ध जीत हासिल गरुन र कसैको लागी नया सुरुवात र नया मौका मिलोस ।
उता कमला ह्यारिसले पनि ट्वीट मार्फत हिन्दुहरुको महान पर्वको यो अवसरमा शुभकामना दिएकी छिन् । उनले ट्वीट माफत अमेरिकामा बसोबास गर्ने हिन्दु धर्मालम्बीहरु मित्र तथा पविारजनमा शुभकामना दिन चाहन्छु भनेकी छिन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















