अमेरिकाको क्यालिफोर्नियामा रहेको ‘डेथ भ्याली’ ले यसरी तान्छ पर्यटक
अमेरिका– तातो मन पराउने पर्यटकका लागी अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्याली आकर्षक गन्तव्य बनिरहेको छ ।
संसारमै यो डेथ भ्याली पछिल्लो केही वर्ष देखि चर्चामा रही पर्यटकको एउटा गन्तव्य बनेको हो । सन् २०१३ को एक रिर्पाट अनुसार न्युजील्यान्ड, बेल्जियम तथा चीनका पर्यटक अधिक गर्मिको अनुभव गर्न क्यालिफोर्नियाको रेगिस्तान घाटी बनेर चिनिने यो उपत्यकाको भ्रमण गरेका थिए । डेथ भ्यालीमा गर्मिको अनुभवसंगै सेल्फी खिच्न घुइचो लाग्ने गरेको छ । यहाँ आएपछि उच्च तापमानले अनुहारको रंग नै परिवर्तन गरिदिन्छ ।
थर्मोमिटर अनुसार यो पृथ्वीको सबैभन्दा गर्मि तापमान भएको क्षेत्रको रुपमा समेत चिनिन्छ ।
अघिल्लो महिना डेथ भ्याली नेशनल पार्कले पृथ्वीमा अहिलेसम्मको सबैभन्दा गर्मि तापमान भएको रेकर्ड निकालेको छ । यो पछि यहाँ गर्मि मन पराउने पर्यटक लगात्तार पुगीरहेका छन् । यहाँ आउनेहरुलाई भिजिटर सेन्टरमा प्रसिद्ध थर्र्माेमिटरका साथ पर्यटकको फोटो खिच्ने व्यवस्था समेत गरिएको छ । यहाँ १२० फरेनआइट भन्दा अधिक तापमानको अनुभव गर्न सकिने भएकाले संसारभरबाट पर्यटक ओइरिने गरेका छन् ।
तस्वीर एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...