टेक्ससको अस्टिनमा काम गर्ने क्रममा ढलेका गुरुङको अझै होस खुलेन
टेक्सस– अमेरिकाको टेक्ससको अस्टिनमा काम गर्ने क्रममा अचानक बेहास भएर ढलेका रुपसिंह गुरुङको झण्डै २० दिन देखि होस खुल्न सकेको छैन ।
अस्टिनको एक रेष्टुरेन्टमा काम गर्ने क्रममा ढलेपछि ब्रेन ह्यामेरज भएका गुरुङको होस खुल्न नसकेको हो । ५५ वर्षिय गुरुङको सेन्ट डेभिड्स मेडिकल सेन्टरको आइसियुमा उपचार भइरहेको छ । उनको परिवार नेपालमा रहेकोले उनी एक्लै बस्दै आएको स्थानीय सामाजिक अभियान्त देवराज न्यौपानेले जानकारी दिए । स्याङजाको पुख्यौली घर भएका गुरुङको परिवार पोखराका लेखनाथ नगरिपालिका बुढीबजारमा बस्दै आएका छन् ।
गत सेप्टेम्बर २९ मा नेपाली रेष्टुरेन्टमा काम गर्ने क्रममा उनी एक्कासे लडेका थिए । ढलेपछि उनलाई बेहोस अवस्थामै अस्पताल पु¥याइएको थियो ।
गत २९ सेप्टेम्बर मा नेपाली रेष्टुरेन्टमा काम गदै आएका उनी ढल्न पुगेका थिए । ५ वर्ष देखि उनी अमेरिकामा बसेर एक्लै संघर्ष गदै आएका छन् । बाल्टीमोर बाट हालै उनी टेक्ससमा बसाइ सरेका थिए । अहिले गोफन्ड खोलेर उनलाई सहयोग संकलन गरिएको छ । डाक्टरका अनुसार निको भए पनि प्यारालाइसिस हुने र बोली समेत नआउने न्यौपानेले जानकारी दिए । उनको मुगौलीमा समस्या, निमोनिया र ज्वरो समेत नघटेकोले अवस्था गंभीर रहेको बताइएको छ । उनको परिवारलाई नेपालबाट झिकाउने पहल भइरहेको अस्टिनका सामाजिक अभियान्त देवराज न्यौपानेले जानकारी दिएका छन् ।





















