अमेरिका– अमेरिकामा राष्ट्रपति निर्वाचनका लागी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रत्याशी जो बाइडने बीचको अन्तिम बहस आउदो अक्टोबर २२ मा हुदैछ ।
अमेरिकाको टेनिसी राज्यको नेशबिलको बेलमोन्ट विश्वविद्यालयमा अन्तिम बहस हुन लागेको हो । यो बहसमा नया नियम समेत बनाइएको छ । यो अन्तिम बहसमा एउटा नेता बोल्दा अर्को नेताको माइक अफ गरिनेछ ।
अघिल्लो बहसमा दुबै जना एक अर्को बोल्दा बीचमा बोलेपछि अहिले यस्तो नियम बनाइएको हो । सुरुवातमा एउटा नेता बोल्दा दुई मिनेट अर्को नेताको माइक अफ गरिनेछ । यस अघिको बहसमा एउटाले बोल्दा अर्कोले बाधा पु¥याइरहेको अवस्था थियो । एक अर्कोलाई खसाल्ने गरि बहस भएको थियो । यसैलाई मध्यनजर राखेर बहस आयोगले यस्तो नियम बनाएको हो । यसका सगै छलफलका दौरान बोल्न क्रममा बाधा पु¥याउने नेताको समय समेत काटिने आयोगले जनाएको छ ।
आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनका प्रमुख दाबेदार ट्रम्प र बाइडेनको यो नै अन्तिम बहस हुने जनाइएको छ । अहिले दुबै जना आगामी कार्यकालका लागी चुनावी अभियानमा होमिएका छन् । दुबै जना अहिले आफनो कुरा मतदाता समक्ष कसरी राख्ने भन्ने बारेमा तयारी समेत गरिहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected