टेक्ससको हयुस्टनको रात्री क्लबमा भएको गोलाबारीमा तीन जनाको ज्यान गयो
टेक्सस– अमेरिकाको टेक्सस राज्यको हयुस्टर सहरको एउटा रात्री क्लबमा भएको गोलाबारीमा तीन जनाको ज्यान गएको छ । मंगलबार अबेर राती भएको उक्त गोलाबारीमा दुई व्यक्ति गंभीर घाइते भएको प्रहरीलाई उद्धृत गदै अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । यो गोलाबारी हुनु अघि एक प्रहरी अधिकारीलाई समेत हमलाकारीले टाउकोमा गोली हानेर हत्या गरेको थियो ।
ह्युस्टन प्रहरीका अनुसार शहरको चेनेवार्ट स्ट्रीटको २१०० क्लबमा रातीको समयमा हमला भएको थियो । प्रहरीले यसबारे कुनै विवरण दिएको छैन । स्थानिय संचारमाध्यमले भने बन्दुक सहित प्रवेश गरेको व्यक्तिले क्लबमा आगो समेत लगाएको थियो । प्रहरीले अहिलेसम्म कसैलाई हिरासतमा लिएको छैन । घटनामा कति जना हमलाकारी सामेल थिए भन्ने बारेमा पनि केही खुलेको छैन ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















