नेपालकै साइत अनुसार दशैको टिका लगाउने पक्षमा अमेरिकाका नेपाली
अमेरिका–अमेरिकामा अन्तराष्ट्रिय पञ्चांग निर्णय समितिले दशैको टिका अक्टोबर २५ मा लगाउने निर्णय सार्वजनिक गरे संगै यसले जनमानसमा अन्यौल सृजना गरेका छ ।
हरेक वर्ष जसो नेपालकै साइत अनुसार टिका लगाउदै आएका अमेरिकाका नेपालीहरुले अहिले आएर नेपाल भन्दा अगाडी नै टिका लगाउनु पर्ने भएपछि धेरैले असहमति जनाएका हुन । अधिकाश नेपालीले नेपलाकै मिति र समय अनुसार दशैको टिका अक्टोबर २६ मै अमेरिकामा लगाउने भएका छन् ।
लामो समय देखि नेपाली मन्दिर टेक्ससमा मुल पुरोहितको रुपमा काम गदै डा शेखर पण्डितले पनि नेपालकै साहित अनुसार नै दशैको टिकमा लगाउनु पर्ने बताए । हामीले वर्षोदेखि चलिआएको परम्परा अनुसार नेपालकै साहित अनुसार नै टिका लगाउने हो’ उनले भने– ‘नेपालका पिता माता, दाजुभाई भाउजु तथा आदारणीय व्यक्तिको टिका नै नचली छोरा छोरी भाइ भतिजले टिका लगाउनु राम्रो होइन । ’ उनले अक्टोबर २६ मै टिका लगाउने बताए ।
लामो समय टेक्ससमा बस्दै आएका हरि खत्रीले गाडी टिका लगाउने निर्णयमा आफनो असहमति रहेको बताए । अहिले सम्म नेपालकै तिथी समय अनुसार हामीले नेपाली चाडपर्व मनाउदै आएका थियौ’ उनले भने–‘अहिले आएर यस्तो अन्यौल सृजना भएको देख्दा अचम्म लागेको छ ।’
उनले जसले जे निर्णय गरे पनि पिताले भन्दा अगाडी आफुले टिका लगाउने संस्कारलाई अंगाल्न नसक्ने बताए । उनले नेपालकै साइत अनुसार नै बिगतका वर्षहरुमा झै टिका लगाउने बताउछन् ।
अघिल्लो वर्ष पनि टेक्ससमै ज्योतिषहरु बीच नै नेपालकै साइत र त्यो भन्दा अगाडी टिका लगाउने विषयमा विवाद बाहिर आएको थियो अमेरिकामा पनि पञ्चांग समितिले सार्वजनिक गरेको टिकाको साइत राज्य अनुसार समय फरक फरक रहेको छ ।
देशकाल परिस्थिति, व्यस्तता र आफनो अनुकुल अनुसार मनाउने तर्फ केही ज्योतिषीहरुले आ–आफनो राय व्यक्त गरेका छन् । पञ्चांग समितिले नेपाल भन्दा अघिल्लो दिन दशै मनाउने तिथी सार्वजनिक गरे संगै अमेरिकामा बसोबास गर्ने नेपालीहरुले परम्परागत रुपमै अघिल्ला वर्षमा झै दशै मनाउने मनासय व्यक्त गर्छन् ।
उनले अन्तराष्ट्रिय पंञ्चांग समितिले अघिल्लो दिन भने पनि आफुले नेपालमै परेको दिन मै टिका लगाउने बताए ।
क्यालिफोर्निया बस्दै आएका शंकर खडकाले फेसबुक स्टाट्स लेख्दै भनेका छन्– पञ्चाङ्ग निर्णायक समितिको दशै टिकाको साइतले हामी अन्यौलामा भयौ ।
यसपालीको दशैको टिका नेपालकै दिन र तिथी अनुसार लगाउनेछौ । अमेरिकामा अघिल्लो दिन भने पनि परम्परादेखि जसरी मनाउदै आएका थियौ त्यही अनुसार नेपालकै साइत अनुसार मनाउने हो ।’
पञ्चाग निर्णायक समितिका एक सदस्यका अनुसार टिकामा विवाद गरेर अस्तिरता निम्ताउदै गरेको बताए । उनले भने– ‘परम्परा जे हो त्यही अनुसार जादा राम्रो हुन्छ, क्षणिक समयमा आएर नियम लगाउनु राम्रो हैन ।’