घरेलुकामदार राखेर श्रम शोषण गर्ने भारतीय दम्पत्तिलाई १५ वर्ष भन्दा बढीको जेल सजाय

अमेरिका– घरेलु कामदार माथि श्रम कानुनको उल्घनमा दोषी पाइएका एक भारतीय दम्पत्तिलाई बिहीबार १५ वर्ष भन्दा बढीको जेल सजाय सुनाइएको छ ।
४६ वर्षिय सतिश कर्तान तथा ४० वर्षिया पत्नि शर्मिष्ठा बरईलाई दोषी ठहराउदै जेल सजाय सुनाइएको हो । घरमा काम गर्न राखेको कामदारलाई कम तलबमा धेरै काम लगाएको डरत्रास देखाएको तथा हातपात समेत गरेको भन्दै गत गत मार्च महिनामा अदालतले दोषी ठहराएको थियो । उनिहरुलाई १५ हजार ६ सय ५७ डलर भुक्तानी गर्न समेत भनिएको छ ।
अदालतको दस्तावेजको प्रमाण अनुसार गत फेब्रुअरी २०१४ तथा २०१६ को बीचमा यी दम्पत्तिले विदेशबाट घरले कामदार काम गर्न आफनो घरमा ल्याएका थिए । उनिहरुले पीडितलाई डर धम्की देखाएर १८ घन्टा भन्दा बढी काम लगाएका थिए । अमेरिकामा १५० वर्ष पहिला दास प्रथा उन्मुलन भइसकेको अवस्थामा पनि उनिहरुले कामदार माथि गरेको शोषण अदालतले गैरकानुनी भएको ठहर गरेको थियो । उनिहरुले कामदारलाई काम लगाएर पारिश्रमिक समेत नदिने गरेका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...