चुनाव नजिकिदै गर्दा रिब्लिकन तथा डेमाक्रेट प्रतिस्पर्धी बीच आरोप प्रत्यारोप बढदो

अमेरिका-अमेरिकामा राष्ट्रपति निर्वाचनको दिन नजिकिदै गर्दा रिब्लिकन तथा डेमाक्रेटका प्रत्याशी बीच आरोप प्रत्यारोप पनि बढदै गएको छ ।सत्तारुद्ध रिब्लिकन पार्टिका प्रत्याशी डोनाल्ड ट्रम्पले आइतबार पेन्सिलभेनियामा एक चुनावी सभालाई संबोधन गर्ने क्रममा यदि बाइडेनले चुनाव जिते भने यो चीनको जीत हुने तर्क दिए ।
उनले यदि आफुले निर्वाचन जिते यो जीत पुरै अमेरिकाको जीत हुन दाबी गरे । उनले मतदातालाई अपिल गदै उग्र विरोधीहरुलाई सत्तामा जानबाट रोक्न आग्रह गरे । ट्रम्पले आईबार तीन ¥यालीहरु गरेका थिए । चुनावी सभामा बाइडेनको विरोध, पर्यावरण र चीनलाई प्रमुख मुद्धा बनाएका थिए ।
उनले मतदाताले नै अब तय गर्नु पर्ने बेला आएको छ भन्दै विधीको शासनका लागी आफुलाई भोट दिन आग्रह गरे ।
कोरोना नफैलियोस भनेर धेरै ¥याली गरिन– बाइडेन
उता डेमाक्रेट पार्टिको तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले कोरोना महामारीलाई ध्यानमा राखेर धेरै ¥याली नगरेको बताएका छन् । यही कारण पनि उनले आफनो चुनावी ¥यालीलाई कम गरेका हुन । एक पत्रकार संगको कुराकानीमा उनले ट्रम्पमा आत्मविश्वास नरहेको आरोप लगाए । यही भएर अन्तिम भोट पनि आफुलाई आउने दाबा गरे । आफुले सावधानी पुर्वक प्रचार अभियान चलाइरहेको बताए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...