अमेरिकाको शिकागोमा मास्क लगाउन भनेपछि दिदिबहिनीद्धारा सुरक्षागार्डमाथि चक्कु प्रहार
अमेरिका– अमेरिकाको वेस्ट साइड शिकागो स्टोरका सुरक्षागार्डले मास्क लगाउन भनेको विषयमा विवाद पछि गार्डमाथि चक्कु प्रहार गरेको आरोपमा दुई दिदि बहिनी पक्राउ परेका छन् ।
स्टोरका सुरक्षागार्डले फेस मास्क लगाउन र सेनीटाइजर प्रयोग गर्न आदेश दिएपछि र्भएको विवादमा दिदीबहिनीले चक्कु प्रहार गरेपछि पक्राउ परेका हुन ।
अमेरिकी संचारमाध्यमहरुका अनुसार २१ वर्षिया जेसिका हिल र १८ वर्षिया जयला हिल नाम गरेका दिदी बहिनीले सुरक्षागार्डले मास्क लगाउन भनेपछि उनीहरुले आनकानी गरेका थिए । मास्क लगाउन नमानेपछि उनीहरु बीच विवाद चर्किएको थियो । विवाद केही क्षणमै हातपातमा बदलिन पुग्यो । विवादपछि सुरक्षागार्डलाई धकेलेर जेसिका हिलले आफनो खल्तीबाट चक्कु निकालेर सुरक्षागार्ड माथि आक्रण गरेकी थिईन । आक्रणको समयमा जयल हिलले सुरक्षार्डलाई समातेकी थिइन । उनिहरुले सुरक्षागर्ड माथि २७ पटक भन्दा बढी चक्कु प्रहार गरेको बताइन्छ । घाइते सुरक्षागार्डको गंभीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...