अमेरिका– आफुलाई स्वघोषित हेल्प गुरु भनिने कीथ रेनियरलाई ठगी, यौन शोषण र अपराध गरेको अभियोगमा अमेरिकाको अदालतले १२० सालको सजाय सुनाएको छ ।
न्युयोर्कको एउटा अदालतले सबै आरोपमाथि दोषी ठहराउदै उनलाई आजीवन काराबास सहितको यो सजाय सुनाइएको हो । उनी माथि एक १५ वर्षिया नावबालिका माथि यौन शोषण गरेको ठहर भएको छ । उनले महिलाहरुलाई यौनका लागी जबजस्ती बाध्य पादै आएको समेत अमेरिकी संचारमाध्यमहरुले अदालतको हवाला दिदै उल्लेख गरेका छन् । उनले अधिकांश घरानिय र धनाढय महिलाहरुलाई जालोमा पादै आएका थिए ।
६० वर्षिय कीथ अब जेलबाट कहिल्यै बाहिर निस्कन पाउने छैनन । उनले आफनो पाच दिवसीय सेसनका लागी व्यक्तिहरुबाट ५ हजार डलर लिने गरेका थिए । उनी विरुद्ध १५ जनाले अदालतमा बयान दिएका थिए । उनिहरु मध्ये १३ जना महिला रहेका थिए । अदालतमा फैसाल सुनाउनु अघि दोषी कीथले पीडित समक्ष माफी समेत मागेका थिए । उनले अदालतमा आफनो गल्ती स्वीकार गर्नुका साथै न्यायधिस समक्ष सजायका लागी प्राथना गरेका थिए । उनी सहित उनका ५ जना सहयोगीलाई समेत सजाय सुनाइएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...