अमेरिका– अमेरिकामा आगामी नोभेम्बर तीनमा हुने राष्ट्रपतिको निर्वाचनको प्रचारप्रसार जोडतोडका साथ अघि बढेको छ । राष्ट्रपति उम्मेदवारमा डोनाल्ड ट्रम्प र जो बाइडेन बीच प्रतिस्पर्धा बढीरहेको छ । यो चुनाव अमेरिकी इतिहासमै मंहगो बनिरहेको विश्लेषकहरुले बताएका छन् । यो चुनावमा अघिल्ला राष्ट्रपति निर्वाचन भन्दा दुई गुना खर्च हुने अनुमान गरिएको छ । यसपटक झण्डै १४ अर्ब डलर खर्च हुने अनुमान गरिदै आएको छ ।
सेन्टर फर रेस्पन्सिभ पोलिटिक्सले मतदान अगाडीको अघिल्लो महिनामै खर्च अत्याधिक बृद्धि भएको बताएको छ । ११ अर्ब डलर खर्च हुने बताएकोमा यो रकम बढने अनुमान गरिएको हो । शोध समुका अनुसार २०२० को चुनावमा १४ अर्ब डलर खर्च हुने अनुमान लगाएको छ । यो चुनावमा खर्च हुने रकमले अघिल्ला चुनावहरुको खर्च रेकर्डलाई तोडने छ ।
समुहका अनुसार डेमोक्रेट पार्टिका उम्मेदवार जो बाइडने अमेरिकी इतिहासमा पहिलो प्रत्यासी हुन जसले सहयोगीदाताहरुबाट झण्डै एक अर्ब डलर जुटाएका छन् । उनको चुनाव अभियानमा अक्टोबर १४ सम्मको तथ्याङक अनुसार ९३.८ करोड डलर सहयोग प्राप्त भएको थियो ।
यही समयमा डोनाल्ड ट्रम्पलले सहयोगदाताबाट ५९.६ करोड डलर चुनाव प्रचारका लागी जुटाएका थिए । यो रकम बाइडेन भन्दा आधा हो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...