अमेरिका– अमेरिकामा राष्ट्रपति निर्वाचनको सरगर्मि हवात्तै बढेको छ । यसैबीच नया राष्ट्रपति निर्वाचनको नया सर्वेमा डेमाक्रेटका उम्मेदवार जो बाइडेन मतदाताको रोजाइमा अगाडी देखिएका छन् । सर्बेमा डेमाक्रेट उम्मेदवार बाइडेन आफना प्रतिद्धन्द्धी रिब्लिकन प्रत्यासी डोनाल्ड ट्रम्प भन्दा १२ प्रतिशतले अगाडी देखिएका छन् ।
अमेरिकी न्युज च्यानल सिएननले गरेको राष्ट्रिय सर्वेमा बाइडेन र ट्रम्प बीच यस्तो अन्तर देखिएको हो ।

सर्वे अनुसार ५४ प्रतिशत बाइडेन र ४२ प्रतिशत मतदाताले ट्रम्पलाई मन पराएका छन् । यो सर्बेमा यी दुई उम्मेदवार बीच यति ठुलो अन्तर देखाइएको छ ।
मतदानको दिनसम्म बाइडेनलाई अघिल्लो चुनावकी प्रत्यासी हिलारी क्लिन्टन भन्दा बढी समर्थन मिल्ने विश्लेषण गरिएको छ । अघिल्लो चुनावमा पनि लोकप्रियता हासिल गरेकी हिलारी क्लिन्टनले जित्न भने सकिनन । यसपटक को हार जीत पनि मतदाताको भेटिङले नै निर्धारण गर्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected