अमेरिका– अमेरिकामा चिसो बढे संगै कोरोना संक्रमीतको संख्या पनि बढदै गएको छ ।
अमेरिकामा सात दिनको अवधिमा पाँच लाख नया संक्रमीत बढेका छन् । अमेरिकामा कोरोना संक्रमीतहरुको संख्या ९० लाखको आसपास पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणबाट मर्नेहरुको संख्या २ लाख ३२ हजार भन्दा बढी पुगेको छ । समाचार एजेन्सी राएटरको तथ्याङक अनुसार अमेरिकामा बितेको एक सातामा कोरोना संक्रमणबाट पाँच लाख पीीडत भएका छन् ।
यो संख्या अमेकिाका अस्पतालहरुमा कोरोना संक्रमीतको संख्या १३ प्रतिशतले बढेको हो । यो अवघिमा ५ हजार ६ सय भन्दा बढी कोरोना संक्रमीतहरुको ज्यान गएको छ । यो साता इलिनोइस राज्य कोरोना संक्रमणबाट बढी प्रभावित भएको छ । यो राज्यमा एकै साता ३१ ह्जार कोरोना संक्रमीतको नया बिरामी भेटिएका थिए ।
अमेरिकामा पछिल्लो क्रममा कोरोना संक्रमीतहरुको अधिक सख्या टेक्सस राज्य रहेको छ । त्यसपछि क्यालिफोर्निया, फलोरिडा, न्युयोर्क र इलिनोइस रहेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...