राष्ट्रपति निर्वाचन अघि फेसबुक इन्स्टाग्रामले २२ लाख विज्ञापन रद्ध ग¥यो
अमेरिका-राष्ट्रपति चुनाव अगाडी नै फेसबुक र इन्स्टाग्राममा २२ लाख विज्ञान रद्ध गरिएको छ । फेसबुकका उपाध्यक्ष निक क्लेगले सो कुराको जानकारी मिडियालाई दिएका हुन । त्यसै गरी चुनावमा दिगभ्रम फैलाउने एक लाख भन्दा बढी पोस्टहरु समेत हटाइएको छ । मतदानमा बाधा पुग्ने खालका यस्ता पोस्ट फेसबुक तथा इन्स्टाग्रामबाट हटाईएको हो । चुनावमा गलत जानकारी दिने १५० मिलियन पोस्टहरुलाई चेतावनी समेत दिइएको छ ।
यस अघि पनि सन २०१६ को निर्वाचनमा पनि फेसबुकले मतदातालाई भ्रमित गरेको आरोप खेप्नु परेको थियो । त्यसपछि फेसबुकले लगात्तार सावधानी अपनाउदै आएको छ । चुनावमा मतदातालाई भ्रम पार्ने पोष्टहरु धमाधम हटाउन थालेको छ । सन् २०१६ मा ब्रिटेनमा पनि जनमत संग्रहको दौरान यस्तै समस्या आइपरेको थियो ।
फेसबुकका झण्डै ३५ हजार कर्मचारी अहिले सुरक्षाको रेखदेखमा जुटीरहेको कम्पनीले जनाएको छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...