अन्धकार मात्र देख्छु जताततै

सहि बाटो देखिन मैले यहाँ

गन्तब्य पहिल्याउन खोज्छु

मेटिदिन खोज्छन् झन यहाँ

 

यो संसारमा स्वार्थीहरु मात्र भेटे

देखिन कतै दयालुहरु यहाँ

आँखा चिम्ली अघि बढ्न खोजे

बाटो छेकि दिन मात्र खोज्छन् यहाँ

 

खोइ किन कोहि कसैलाई

यति धेरै म प्रति रिस छ यहाँ

भित्र भित्रै खोइ किन धेरैलाई

मेरो काम सँग ईष्र्या छ यहाँ

 

पाइला पाइलामा चोट दिन्छन्

आफ्नै भन्नेहरूले पनि यहाँ

खोइ कसको बिश्वास गरु म

खुकुरीको धारमा हिडिरहेको छु यहाँ

 

आफ्ना त आफ्ना रहेनन्

अरुको त झन के नै आसा छ र यहाँ

मायाले होइन रिसले जल्छन्

आफुले गर्न नसके अरुको दाहा गर्छन् यहाँ

 

खोइ कस्तो समाज अनि संस्कार

दुखेको घाउ माथी उफ्रि उफ्रि नाच्छन् यहाँ

अगाडि मात्र ठीक्क पार्छन् सबै

पछाडी कुभलो सोच्नेहरुको भिड छ यहाँ

 

आखिर के पाउछन् यसरी उनीहरु

किन मेरो दुखमा खुसी हुन्छन् यहाँ

यसरी कहिले सम्म नराम्रो सोच्छौ

आफु कहिले सम्म जल्छौ यहाँ

 

तिमीहरु न मलाइ निदाउन दिन्छौ

न त आफु राम्रो सँग निदाउछौ यहाँ

कस्तो स्वार्थी तिमीहरुको संसार

कति निर्दयी तिमीहरूको मन यहाँ

 

सक्छौ भने आफ्नै पौरखीमा अघि बढ्नु

अनि संसार जितेर देखाउ यहाँ

आखिर के छ र जिन्दगी

एकदिन त सब मरेर जाने हो यहाँ

 

किन घरीघरी मलाइ नै चियाइरहन्छौ

दुखेको मुटुमा नै घोची रहन्छौ यहाँ

अब त टाढा जाउ म देखि धेरै टाढा

मलाई आफ्नै हालमा बाच्न देउ यहाँ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected