अमेरिका– अमेरिकामा राष्ट्रपति निर्वाचनको मुख्य मतदान आउन अब तीन दिन बाकी रहेको छ ।
यो मतदात आउनु अगाडी नै अमेरिकामा अर्लि भोटिङमा ८.५ करोड मतदाताले मताधिकार प्रयोग गरिसकेका छन् । यो अर्लि भोटिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सामेल भइसकेका छन् । उनले फलोरिडामा शुक्रबार एक लाइब्रेरीमा बनेको मतदात केन्द्रमा भोट हालेका छन् । विदेश मन्त्रालयको तर्फबाट दिएको जानकारी अनुसार टेक्ससमा ९० लाखले मतदान गरिसकेका छन् ।
हवाई प्रान्त पछि सबैभन्दा धेरै मतदान टेक्सस राज्यमा भएको छ । कोरोना महामारी संगै केन्द्रमा भीडभाडबाट बच्न अमेरिकामा अर्लि भोटिङमा भाग लिनेहरु बढेका छन् । अघिल्लो चुनावमा खसेको भोटको लगभग ६० प्रतिशत मतदान अहिलेसम्म अर्लि भोटिङमा भइसकेको छ । जर्जिया संगै एरिजोना समेत गरि अमेरिकाका केही राज्यमा अर्लि भोटिङको समय सिमा शुक्रबार अन्तिम थियो ।
अमेरिकामा चुनावको मुख्य मिति भन्दा अगाडी दिइने सुविधालाई अर्लि भोटिङ भनिन्छ । यो सुविधा विशेष गरि धेरै भन्दा धेरै मतदान सुरक्षीत होस भनेर दिइने हो । त्यस्तै मतदान केन्द्रमा बढने भीडबाट सुरक्षीत रहन पनि मतदाताले अर्लि भोटिङ गदै आएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...