अमेरिका– अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अभियान जोडतोडका साथ अघि बढेको छ ।
यसैबीच राष्ट्रपति निर्वाचनका उम्मेदवारको नया नया सर्वे पनि सार्वजनिक भइरहेको छ ।
चुनाव अघि गरिएको एउटा सर्वेमा एशियन, अफ्रिकी तथा ल्याटिन अमेरिकी मतदाताले डोनाल्ड ट्रम्प भन्दा जो बाइडेनलाई मतदान गर्न मन पराएका छन् । तर श्वेत अमेरिकनहरुले भने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मन पराएका छन् । २०२० कर्पोरेटिभ इलेक्सन स्टडी ले सेटेम्बर देखि अक्टुबर सम्म ७१ हजार  जनासंग  अनलाइन प्रतिकृयाको आधारमा यो अनुमानित सर्वे गरिएको हो ।
सर्वेमा ५१ प्रतिशत मतदाताले बाइडेनको समर्थन गरेका छन् भने ४३ प्रतिशतले ट्रम्पलाई समर्थन गरेका छन् । बाइडेन १८ देखि २९ वर्ष तथा ३० देखि ४४ वर्ष वर्गका अमेरिकनले मन पराएका छन् । उता ६५ वर्ष देखि माथिका मतदाताले ट्रम्पलाई मन पराएका छन् ।
सर्वेमा ६५ प्रतिशत एशियन अमेरिकनले बाइडेनलाई मन पराएका छन् भने २८ प्रतिशतले ट्रम्पलाई विश्वास गरेका छन् । ८६ प्रतिशत अश्वेत अमेरिकन मतदाताले बाइडेनलाई विश्वास गरेका छन् भने ट्रम्पको पक्षमा ९ प्रतिशत रह्का छन् । सर्वेमा ल्याटिन अमेरिकन मतदातामा ५९ प्रतिशत बाइडेन र ३५ प्रतिशतले ट्रम्पलाई विश्वास गरेका छन् । सर्वेमा ४९ श्वेत मतदाताले ट्रम्पलाई र ४५ प्रतिशतले बाइडेनलाई विश्वास गरेकी छिन् । त्यस्तै ५५ प्रतिशत महिला बाइडेनको पक्षमा र ३९ प्रतिशत अमेरिकन महिला ट्रम्पलाई समर्थन गरेका छन् । पुरुष मतदातामा ४८ प्रतिशत ट्रम्पलाई र ४७ प्रतिशतले बाइडेलाई समर्थन गरेको सर्वेमा उल्लेख गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected