अमेरिका– अमेरिकामा राष्ट्रपति निर्वाचनको प्रचार अभियान अन्तिम चरणमा पुगेको छ ।
रिब्लिकन पार्टिको तर्फबाट दोस्रो पटक पनि जीत हासिल गर्ने भविष्यवाणी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् । उनले अहिले हुने आफनो जीत चार वर्ष अघिको भन्दा ठुलो हुने दाबी गरेका छन् ।
उता डेमाक्रेटको तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन आफुलाई भोट दिन आग्रह गरे । उनले पछिल्लो चार वर्षको दौरान ट्रम्पले राष्ट्रलाई विभाजित गरेको आरोप लगाए ।
राष्ट्रपति ट्रम्पले शनिवार पेन्सिभेनियामा भएको ¥यालीमा भने आफनो चार वर्ष कार्यकालमा धेरै उपलब्धिहरु भएको बताए । उनले बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउदै उनले जिते मुलुक समाजवादतर्फ उन्मुख हुने बताए ।
उता मिचिगनमा ¥यालीलाई संबोधन गदै जो बाइडेनले भने– ‘अबको तीन दिनपछि आफुले यस्तो व्यक्तिलाई चुनावमा हराउने जसले मुलुकलाई विभाजित गर्ने काम गरेको थियो ।’
उनले यो मुलुकलाई बदलिने शक्ति सबै अमेरिकनहरुको हातमा रहेको समेत बताए ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्काले ट्रम्प एउटा योद्धा भएकाले उनलाई अझै चार वर्ष राष्ट्रपति पदमा रहनु जरुरी रहेको बताइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected