अमेरिका–अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बरको पहिलो मगलबार हुने गर्छ । अमेरिकामा राष्ट्रपति निर्वाचन जित्न इलेक्टोरल कलेज भोटले महत्वपुर्ण भुमिका राख्छ । पपुलर भोटले जिते पनि इलेक्टोरलमा हार भयो भने राष्ट्रपति पदमा उसले जित्न सक्दैन । अमेरिकामा जुन राज्यमा धेरै इलेक्टर्स चुनिन्छन् त्यो राज्य अमेरिकी राष्ट्रपति चुन्नमा महत्वपुर्ण भुमिका खेल्ने गर्छ । अमेरिकामा ५३८ इलेक्टर्स रहेका छन् । यिनमा ४३५ रिप्रेजेन्टिभ तथा सय सिनेटर छन् । यसको अलवा तीन अतिरिक्त सदस्य छन् जुन कोलम्बियाबाट चुनिने गर्छ ।
अमेरिकाको सबै ५० राज्य तथा बासिङटन डिसीमा राज्न्यको हिसाबले इलेक्टर्सको संख्या निर्धारण गर्छ । हरेक राज्यबाट कम्तिमा तीन इलेक्टोरल भोट आउने गर्छ जुन सिनेटरको कुल संख्याको बराबर हुने गर्छ । बासिङटन डिसीमा तीन इलेक्टोरल कलेज रहेको छ । क्यालिफोर्निया अमेरिकाको सबैभन्दा ठुलो राज्य हो जहा“ ५५ इलेक्टोरल भोट रहेको छ । टेक्सस दोस्रो नम्बरमा रहेको छ जहा“ ३८ इलेक्टोरल कलेज रहेको छ । यसपछि न्युयोर्क र पलोरिडा २९–२९ इलेक्टोरल कलेज रहेको छ ।
अमेरिकामा राष्ट्रपति बन्न कुनै पनि प्रत्यासीलाई २७० इलेक्टोरल भोटको आवश्यकता पर्छ । अमेरिकामा पपुलर भोटले केही फरक पादैन तर इलेकटोरल भोट भने राष्ट्रपति बन्न महत्वपुर्ण भुमिका खेल्ने गर्छ । सन् २०१६ को निर्वाचनमा डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजको भोट अधिक पाएका थिए । प्रतिद्धन्द्धी हिलारी क्लिन्टनले पपुलर भोट धेरै ल्याएकी थिइन तर इलेक्टोरल भोट कम ल्याएर पराजित बनिन ।
अमेरिकामा राष्ट्रपति बन्न कम्तिमा ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । यसका साथै जन्म पनि अमेरिकामा भएको हुनुपर्छ । कम्तिमा ऊ १४ वर्ष देखि ऊ निरन्तर अमेरिकामा रहेको हुनुपर्छ । अमेरिकामा एक व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति बन्न पाउदैन । तर यो मामिलामा फ्रेंकलिन रुजबेल्ट एक अपवाद हुन, जो तीन पल्ट लगातार राष्ट्रपनि बनेका थिए । उनको निधन पनि राष्ट्रपति पदमै रहदा भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected