अमेरिका–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वरिष्ठ संक्रमक रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीलाई बर्खास्त गर्ने संकेत दिएका छन् ।
उनले मंगलबार हुने निर्वाचन पछि डाक्टर फौसीलाई बर्खास्त गर्ने संकेत दिएका हुन । पलोरिडाको एक चुनावी ¥यालीमा समर्थकहरुले फौसीलाई बर्खास्त गर्न नारा लगाएपछि ट्रम्पको ध्यान त्यता गएको हो। त्यसो त पछिल्लो समय फौसी र ट्रम्प बीच पनि दरार उत्पन्न भएको छ ।
राष्ट्रपति ट्रम्पले चुनाव सम्म प्रतिक्षा गर्न समर्थकहरुलाई आग्रह गरेका छन् । उनले आफुले समर्थकहरुको सल्लाहलाई मनन गर्ने बताए ।
फौसीले यस अघि राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रण गर्ने आफनो सल्लाहलाई बेबास्ता गरेको आरोप लगाएका थिए । त्यसपछि उनको झण्डै एक महिना राष्ट्रपति ट्रम्पसंग कुराकानी बन्द भएको थियो । समयमा कोरोना नियन्त्रणका लागी पहला भएन भने यो अवस्था लामो समय सम्म चिन्ताजनक अवस्थामा रहने समेत फौसीले बताएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected