अमेरिकामा मतदान प्रकृया जारी, मतदान केन्द्रमा भोट हाल्नेको लर्को

अमेरिका– अमेरिकामा राष्ट्रपति निर्वाचनको भोटिङ प्रकृया जारी रहेको छ । विभिन्न राज्यको मतदान केन्द्रमा मतदान गर्नेहरुको लाम लागेको छ । चुनावको दौरान शान्तिसुरक्षालाई मजबुत पारिएको छ । राज्य अनुसार मतदानको समय फरक फरक राखिएको छ । भर्जिनिया, न्युयोर्क,, न्युजर्सि क्यालिफोर्निया लगायतका मतदान केन्द्रमा ठुलो लाम लागेको छ । न्युहयाम्पसपायरमा पहिलो भोट हालिएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गदै सबैलाई मतदान गर्न आग्रह गरेका छन् ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फलोरिडामा आफनो भोट हालेकी छिन् । त्यसो त फलोरिडा, पेन्सिलभेनिया, टेक्सस तथा मिचिगन मा राष्ट्रपति ट्रम्प र बाइडेन बीच कडा प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ । राष्ट्रपति ट्रम्पले फलोरिडा तथा एरिजोनामा आफनो जीत सुरक्षीत हुने दाबी गरेका छन् । पपुलर भोट भन्दा पनि इलेक्टोरल भोटले अमेरिकाको राष्ट्रपति निर्वाचनको छिनोफानो गर्नेछ । यसपटक कोरोना महामारीका कारण भोटिङमा ढिलाई हुलाक मार्फत आएको भोट गणनाले गर्दा ढिलाई हुने बताइएको छ ।पछिल्लाे अपडेट अनुसार अहिले सम्म सय मिलियन अमेरिकनले भाेट हालिसकेका छन । ९३ लाख भन्दा बढी अमेरिकन काेराेना संक्रमित छन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...