अमेरिका– अमेरिकाको जर्जियामा एक भारतीय नागरिकको हत्या भएको छ ।
भारतको हैदराबाद स्थायी घर भएका ३७ वर्षिय ए मोहियुदीनको हत्या भएको हो । पछिल्लो दस वर्ष देखि उनी जर्जियामा ग्रोसरी स्टोरको व्यवसायमा संलग्न थिए । उनी स्पेनका एक नागरिक संग साझेदारीमा उक्त व्यवसाय गदै आएको समाचार एजेन्सीले जनाएको छ । दुवै बीच व्यवसाय साझेदारीको विषयमा विवाद हुदै आएको बताईन्छ । उनको घरको बाहिरको सिसिटिभी फुटेज अनुसार स्टोरमै काम गर्ने कर्मचारी वा अन्य कुनै हमलाकारीले आक्रमण गरेको हुन सक्ने आंशका गरिएको छ । घटनाको बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनको शब जर्जियाको अस्पतालमा राखिएको छ । उनको यहा“ कोही आफन्त नरहेकोले भारतमा रहेकी पत्नी महनाज फातिमाले अमेरिकी सरकारसंग श्रीमानको अन्तिम संस्कारका लागी भिषा दिन आग्रह गरेकी छिन् । दस महिना हैदरावाद गएर फर्केका उनको अहिले हत्या भएको छ । उनको दस महिनाकी छोरी समेत रहेको बताइन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected