अमेरिका– अमेरिकामा अब चुनावी प्रकृया बीच फैसलाको प्रतिक्षामा आम अमेरिकनहरु रहेका छन् । नतिजाले नै बताउनेछ अब अमेरिकाको राष्ट्रपति पदको को आसिन हुनेछ । डोनाल्ड ट्रम्प र जो बाइडेन बीच कडा प्रतिस्पर्धा हुने अनुमान भइरहेको छ । राष्ट्रिय मत सर्वेक्षणमा पनि दुवै उम्मेदवारमा केही अन्तर देखाइएको छ । अन्तराष्ट्रिय ठुला मिडियाहरु सिएनन, न्युयोर्क टाइम्स, वासिङटन पोष्ट, एविसी लगायतले वाइडेनलाई अग्रतामा राखेका छन् । जे जस्तो मत सर्वेक्षण भए पनि आखिर त्यो त इलेक्टोरल भोटले नै निर्धारण गर्नेछ ।
अहिले डोनाल्ड ट्रम्पले पनि इलेक्टोरल भोटको आफनो जीत रोनाल्ड रिगन भन्दा पनि धेरै हुने दाबी गरेका छन् । पछिल्लो आ“कडा पनि डोनाल्ड ट्रम्पको इलेक्टोरल भोट जर्ज डब्लु बुसको भन्दा धेरै छ । बुसले २००० मा २७१ म्त तथा २००४ मा २८६ मत ल्याएर जीत हासिल गरेका थिए । १९८४ मा रोनाल्ड रिगनले ५२५ इलेक्टोरल भोट तथा १९८० मा ४८९ इलेक्टोरल भोट ल्याएर जीत हासिल गरेका थिए ।
अमेरिकाको इतिहासिमा अहिलेसम्म १६ पटक सम्म अमेरिकी जनताले आफनो राष्ट्रपतिलाई दोस्रो पटक पनि पदमा रहने मौका दिएका छन् । यस पटक के हुने हो त्यो मतपरिणामले नै टुंगो लाउनेछ ।
अमेरिकामा राष्ट्रपति बन्न राष्ट्रीय पपुलर मत भन्दा पनि ५३८ सदस्यीय इलेक्टोरल कलेज मार्फत चुनिने गर्छ । जसमा हरेक उम्मेदवारलाई जित्न २७० को बहुमत आवश्यक पर्छ ।
अमेरिकाको राष्ट्रपति चुनाव जित्न पपुलर भोट धेरै ल्याएर हुदैन । पपुलर भोट थोरै ल्याएर पनि सन् २००० मा जर्ज डब्लु बुसले तथा २०१६ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको चुनाव जितेका थिए । डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टन भन्दा ३० लाख कम भोट पाएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected