अमेरिका– अमेरिकी राष्ट्रपति निर्वाचनमा रिब्लिकन प्रत्यासी डोनाल्ड ट्रम्प तथा डेमाक्रेटका प्रत्याशी जो बाइडेन बीच झिनो मतान्तरले टक्कर भइरहेको छ । अहिलेसम्म कसैलाई बहुमत नमिल्ले संकेत पनि देखिन थालेको छ । यो कडा प्रतिस्पर्धा बीच केही राज्यमा मतगणना रोकिनुका साथै डोनाल्ड ट्रम्पले जनतामा धोका भएको भन्दै सर्वोच्च अदालत जाने चेतावनी संगै चुनावी परिणाम अनिश्चिताको घेरामा उभिएको छ ।
जो बाइडेनले अहिलेसम्म २२७  इलेक्टोरल भोटले अगाडी छन् भने डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल भोटले पछाइरहेका छन् । अमेरिकाको ५० राज्यमा  कुल ५३८ इलेक्टोरल कलेज मध्ये राष्ट्रपति बन्न २७० मत ल्याउनुपर्छ । यसै बीच जो बाइडेनले आफना समर्थकहरुलाई धैर्य रहन आग्रह आफु जीतको नजिक पुगीरहेको बताएका छन् ।
अमेरिकामा अर्लि भोटिङको नियम अनुसार यस पटक १० करोडले हुलाक मार्फत पठाएर मतदान गरेका थिए । हुलाक मार्फत पठाइएका यी मतपत्र अहिलेसम्म गनिएको छैन । यही कारण पनि चुनावी परिणामको सही तस्विर बाहिर आउन सकेको छैन ।

यस्तो छ अमेरिकी राष्ट्रपतिको समिकरण
झिनो मतले चलिरहेको प्रतिस्पर्धामा मिसिगनमा इलेक्टोरल १६, पेन्सिलभेनियामा २० तथा विसकन्सिनमा १० इलेक्टोर भोट रहेको यी राज्यमा झिनो मतले ट्रम्प र बाइडेन बीच  प्रतिस्पर्धा भइरहेको छ । नेभाडामा बाइडेन अगाडी देखिएका छन् । नेभाडामा चुनावी मतगणना रोकिएको छ । जर्जियामा १६ तथा नर्थ क्यारोलिनामा १५ इलेक्टोरल भोट रहेकोमा यी दुवैमा डोनाल्ड ट्रम्प अगाडी देखिएका छन् । यी राज्य मध्ये कुनै एकमा यदि बाइडेनले जीत भने डोनाल्ड ट्रम्पको दोस्रो पटक राष्ट्रपति बन्ने सपना क्षीण हुने संभावना छ ।
बाइडेनले एरिजोनामा जीत हासिल गरेका छन । डोनाल्ड ट्रम्पले ६ इलेक्टोरल भोट रहेको नेभडालाई आफनो पक्षमा राख्दै बिसकन्सिन तथा मिसिगनमामा जीत हासिल गरेर यदि पेन्सिलभेनियामा उनले हारे पनि उनी राष्ट्रपति बन्न सक्नेछन् ।
पछिल्लो अपडेट अनुसार जो बाइडेनले २२७ इलेक्टोरल भोट ल्याएका छन् भने डोनाल्ड ट्रम्पले २१३ इलेक्टोरल भोट ल्याएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected