मतदाताद्वारा न्युजर्सीमा गाँजाको मनोरन्जनात्मक प्रयोगलाई समेत कानुनी मान्यता दिन अनुमोदन
कुमार जंग कार्की
न्युजर्सी , अमेरिका -न्युजर्सी राज्यमा गाँजाको मनोरन्जनात्मक प्रयोगलाई बैधानिकता दिने कि नदिने भनेर चुनाब को दिन गरिएको जनमत संग्रहमा अत्यधिक बहुमतले यसको पक्षमा मतदान गरेका छन् । दि एसोसिएटेड प्रेसले दिएको पछिल्लो जानकारी अनुसार यसको पक्षमा ६६.९ प्रतिसत मत खसेको थियो भने विपक्षमा मात्र ३३.१ प्रतिसत मत खसेको थियो। यो संगै अमेरिकामा गाँजाको मनोरन्जनात्मक प्रयोगलाई कानुनी मान्यता दिएका वा दिने अनुमोदन पाएका राज्यको संख्या १५ पुगेको छ । यी मध्य न्यु जर्सी , एरिजोना, साउथ डकोटा र मोन्टाना राज्यहरुले यही मंगलबार भयको निर्बाचनमा गाँजालाइ कानुनी मान्यता दिन मतदाताबाट अनुमोदन प्राप्त गरेका हुन् ।
अनुमोदन संगै न्यु जर्सी राज्यका गभर्नर फिल मर्फीले खुसि व्यक्त गरेका छन् । २०१७ मा उनले आफु गभर्नरमा निर्बाचित भएमा १०० दिन भित्र गाँजा लाई कानुनी मान्यता दिने बाचा गरेका थिय तर राज्य संसदमा आवश्यक बहुमत नपुगेका कारण यो पारित हुन् सकेको थिएन । यो अनुमोदन संगै अब भने उनलाई संवैधानिक संशोधन तथा कानुन निर्माणको बाटो खुलेको छ ।
अधिकारी हरुका अनुसार आवश्यक कानुन निर्माण पश्च्यात सम्भबत २०२१ को सुरुवात संगै २१ बर्ष माथिका नागरिकले मनोरंजनका लागि पनि सिमित मात्रामा गाँजाको प्रयोगका साथै ब्यवसाहिक उत्पादन र बेचबिखन गर्न पाइने छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















