अमेरिकामा चिनिएकी बालगायिका

युएसनेपाल पोष्ट संवाददाता
मत सानी–सानी हुँ
नेपाली नानी
देशविदेश घुम्ने, संस्कृतिलाई चिन्ने ।
प्रीशा श्रेष्ठ, १० वर्षकी भईन । उनी अमेरिकाको टेक्ससस्थित अस्टिनमा बसोबास गर्छिन् । अमेरिकामा उनी बालगायिकाको रुपमा चिनिएकी छिन् । यतै सानै उमेरमा उनको स्वरमा सातवटा गीत रेकर्ड भइसकेका छन् ।
प्रीशा भन्ने उनको एल्बम नै निस्केको छ । उनले गाएका गीतहरु केही देशभक्ति र अन्य बाबालिका संग सम्बन्धीत छन् । यति मात्रै है छोटो चलचित्र तुइन की बालकलाकार समेत हुन । उनले स्वर दिएका गीतहरुको भीडयोमा समेत उनले अभिनय गरेकी छिन् । बाल मोडल र कलाकारको समेत उनले परिचय बनाएकी छिन् ।
अमेरिकामा जन्मिएका अधिकांश नेपाली बालबालिका राम्रो संग आफनो भाषामा कुरा गर्न समेत सक्दैनन् । प्रीशा अमेरिकामा जन्मेर पनि नेपाल भाषा प्रष्ट बोल्ने मात्रै हैनन ठेट नेपाली भाषामा आफनो गला खोलेर गीत गाएकी छिन् । टेक्ससका स्टेज कार्यक्रमहरुमा उनले धेरै पटक लाइभ गीत गाइसकेकी छिन् ।
हालै अंग्रेजी नया वर्षको अवसरमा अस्टिनमा भएको कालीप्रसाद बास्कोटा संगै स्टेजमा पनि उनले आफनो कला प्रस्तुत गरिन । उक्त स्टेजमा उनले दर्शकको राम्रो तारिफ पनि पाइन । प्रीशाको नेपाली मात्रै हैन अंग्रेजी गीत पनि रेकर्ड भएको छ । युट्युबमा समेत सुन्न सकिने उनका गीतलाई बालबालिकाले धेरै रुचाएका छन् ।
‘सानै देखि उसलाई गीत गाउनमा रुची थियो’ आमा सृजना उप्रेति भन्छिन्– ‘अहिले त स्वरमा पनि निखार आइसकेको छ, उसको गायकीले हामीलाई पनि हौसाएको छ ।’ उनका अनुसार छोरीको गायनमा थप हौसला दिन अस्टिनमा छिट्टै एकल साझ समेत गर्ने तयारी गरेका छौ ।
उनले बाबा–आमा संग सम्बन्धी रहेको गाएको गीतले यहाँ उत्कृष्ट बालगायिकाको अर्वाड समेत पाइसकेको छ ।
जति माया लाग्छ मामुको, त्यति माया लाग्छ बाबाको पनि
मलाई राम्रो लाग्छ मामुबाले संगै बसी बोलाएको नानु भनि ।
यो गीत नेपाल टेलिभिजन लगायत अन्य टिभीहरुमा पनि बज्ने गरेको छ । यो गीतलाई धेरैले मन पराएको प्रीशाले बताइन । ‘मलाई आफनै देशको कला र संस्कृति झल्कने गीत गाउन मनपर्छ’ , र्फुिर्तलो पारामा उनले भनिन– ‘विदेशमा बसेर पनि गीतमा आफनो देशलाई चिनाउन मन लाग्छ ।’ त्यसो त उनले गायक स्वरुपराज आचार्यसंग टुक्रिएको देश हैन, मलाई सिंगो नेपाल चाहिन्छ भन्ने बोलको गीत पनि गाएकी छिन् । उनले आफै गीत पनि लेख्छिन् । भर्खर मात्रै उनले धादिङको विकट गाउमा आफुसंग संकलन भएको रकमबाट हरेक महिन चेपाङका २२ जना बालबालिकालाई खाजा खर्च समेत पठाउदैछिन् ।