अमेरिकाका नया राष्ट्रपति जो बाइडेन, यस्तो छ उनको व्ह्वाइट हाउस यात्रा
कुमारजंग कार्की
अमेरिका-अमेरिकाको नया राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उमेद्वार जो बाइडेन निर्बाचित भएका छन् उनले रिपब्लिकन पार्टीका उमेदवार तथा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रंपलाई पराजित गरि आफ्नो व्ह्वाइट हाउस यात्रा तय गरेका हुन् । तर उनको यो यात्रा भने कम सकसपूर्ण रहेन ।
७७ बर्षिय जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जूनियर हो । उनको जन्म पिता जोसेफ रोबिनेट बाइडेन सिनियर तथा माता क्याथरीन यूजेनिया फिनगेन को जेठो सन्तान को रुपमा नोभेन्बर २० , १९४२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको स्क्र्यान्टन सहरमा भएको थियो। उनी दुइ भाई तथा एक बहिनिका दाजु थिए । उनले युनिभर्सिटी अफ डेलावर बाट इतिहास तथा पोलिटिकल साइन्समा स्नातक गरेका थिएभने पछि सिराक्युस युनिभर्सिटी बाट कानुन बिषयमा डिग्री हासिल गरि वकालत पेशमा लागेका थिए । १९६६ मा बाइडेन ले नेइलीया हन्टर संग पहिलो बिबाह गरेका थिए उनि बाट उनका तिन सन्तान थिए । १९७२ मा एक कार दुर्घटनामा उनले एक बर्षिय छोरि र श्रीमती दुबैलाई गुमाउन पुगे । पछि १९७७ मा उनले जिल जिल ट्रेसी ज्याकब संग दोस्रो बिबाह गरे ।
१९७३ देखि २००९ सम्म उनि डेलावर राज्यबाट बाट लगातार रुपमा अमेरिकी सिनेटमा निर्बाचित भएका थिए । उनले १९८८ मा पहिलो पटक डेमोक्रेटिक पार्टीको राष्ट्रपतिय दौडमा भाग लिएका थिए । पछि उनले आफ्नो उमेद्वारी फिर्ता लियका थिय । उक्त्त निर्बाचन मा रिपब्लिकन उमेद्वार जर्ज डब्लु बुश रास्ट्रपतिमा निर्बाचित भएका थिए । उनले २००८ मा पुन पार्टीमा राष्ट्रपतिको उमेदवारी दर्ता गरे त्यसबेला पनि उनले आफ्नो उमेदवारी फिर्ता लिए । राष्ट्रपति निर्बाचित ओबामाको दुवै कार्यकाल उनले उप राष्ट्रपति को कार्यभार समालेका थिए ।