युसनेपालपाेस्ट संवादाता

अमेरिका– लामो राजनितिक दौडपछि डेमाक्रेटका सशक्ता नेता जो बाइडेन अन्ततः अन्तत अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बनेका छन् । अमेरिकाको राजनितिमा पा“च दशक देखि सक्रिय रहेका बाइडेनले युवा सिनेटर हुदै ७७ वर्षको उमेरमा अमेरिकाको राष्ट्रपतिको यात्रा तय गरेका छन् ।
यो पनि एउटा संयोग बनेको छ ४८ वर्ष पहिला ७ नोभेम्बरकै दिन पहिलो पटक उनी अमेरिकी सिनेटर बनेका थिए ।
डोनाल्ड ट्रम्पलाई पराजीत गर्न सफल भएका जो बाइडेन सन् १९८८ देखि २००८ सम्मको राजनितिक जीवनमा राष्ट्रपति बन्ने प्रयास विफल भएको थिथो । डेलाभरका वरिष्ठ राजनितिज्ञ बाइडेनले बाल्यकाल देखि नै अमेरिकाको राष्ट्रपति बन्ने सपना देखेका थिए । राष्ट्रपति बन्ने उनको तेस्रो प्रयास तब सफल भयो जब उनले २९ फेब्रबअरीमा साउथ क्यारोलिनामा डेमोक्रेट पार्टिको प्रारम्भिक चुनावमा आफना आफना धेरै प्रतिद्धन्द्धलाई दौडबाट बाहिर बनँइदिएका थिए । यहीबाट अमेरिकी राजनितिमा उनको बाटो खुल्ला हुन पुग्यो । अमेरिकामा १२० वर्ष मा सबै भन्दा धेरै भोट पनि अहिले उनलाई मिलेको छ । कोरोनाभाइरसबाट विक्षप्त अमेरिकाको यो कठिन मोडमा आएर उनी अहिले राष्ट्रपति बन्न पुगेका छन् ।

सिनेटरमा बाइडेन ६ पटक निर्वाचित भइसकेका छन् । उनी १९७२ मा पहिलो पटक २९ वर्षको युवा उमेरमा अमेरिकी सिनेटका लागी निर्वाचित भएका थिए । उनी अमेरिकी सिनेटमा निर्वाचित हुने पा“चौ युवा सिनेटर हुन । उनको पारवारिक जीवनमा एउटा नरमाइलो घटना पनि घटन पुगेको थियो । उनकी पत्नी निलिया तथा नवराज छोरी नाओमीको सडक दुर्घटनामा मुत्यु भएको थियो , दुर्घटनामा छोरा ब्यु तथा हन्टरर पनि गंभीर घाइते भएका थिए । यो घटना क्रिसमस ट्री लिन जाने क्रममा भएको थियो । यो घटना पछि उनका धेरै महत्वकांक्षाहरु खत्म भएको थियो ।

बाइडेन २० नोभम्बर १९४२ मा पेन्सिलभेनियाको स्क्रैटनमा जन्मिएका हुन । उनले राजनितमिा प्रेरणा आफनो दाजुबाट लिएका थिए ।प्रमिसेज टु कीप नामक आफनो संस्मराणमा बाइडेनले यो कुरा उल्लेख गरेका छन् । बाबुको जागीर दौरान उनले दस वर्षको उमेरमा आफनो जन्म ठाउ छाडनु परेको थियो । यसपछि उनी डेलाभरलाई आफनो दोस्रो कर्म घर बनाएका थिए । यही रहेर उनले आफनो राजनितिक करिअर बनाए ।

आफनो छोराको मुत्यु भएपछि उनको गहिरो पीडा परेको थियो । छोराको मुत्यु हुदा उनको उपराष्ट्रपतिको दोस्रो कार्यकाल थियो । यही कारण उनले २०१५ मा अघिल्लो वर्ष हुने राष्ट्रपतिको आफनो दौडलाई फिर्ता लिनु परेको थियो । बाइडेनले राष्ट्रपति बन्न १९८० मा पहिलो प्रयास गरेका थिए । त्यसपछि उनले १९८८ मा पनि दोस्रो कोसिस गरेका थिए । तर साहित्य चोरी विवादका कारण त्यो वर्ष पनि त्यस्तै भयो । २०१५ मा उनी राष्ट्रपति चुनावको दौडबाट बाहिरिए ।

बाइडनेका यी रोचक कुरा
उनी विद्यालयमा फुटबलका राम्रो खेलाडी थिए । भियतनाम युद्धको दौरान जागीरका लागी आवेदन दिएका थिए तर अस्वस्थको बाबजुत उनी मेडिकलमा फेल भए । उनी न चुरोट पिउछन् नत रक्सी नै । उनी आइसिक्रमका पारखी हुन । उनको मन पर्ने सिनेमा सेरियट अफ फायर हो । उनले इरानक युद्धको पक्षमा भोटिङ गरेका थिए पछि उनले यसलाई मानवीय भुल बताएका थिए ।
एजेन्सीको सहयोगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected