टेक्सस– टेक्ससकी सामाजिक अभियान्त इरा आचार्यको सम्झनामा आईतबार टेक्ससमा रक्तदान कार्यक्रम हुने भएको छ ।
क्यानसर रोगबाट अल्पायुमै निधन भएकी आचार्यको प्रथम वार्षिकीको सम्झनामा अर्भिङको कार्टर ब्लड सेन्टरमा रक्तदान कार्यक्रम हुन लागेको हो ।
ब्लड डोर्नस अफ अमेरिका, ड्यालस एभरेष्ट लायन्स क्लब, नेपाली सोसाइटी अफ टेक्सस, डेभलपमेन्ट फर पिस इन्टरनेशनल, हर्स नेपाली समाज तथा स्रष्टा साझको संयुक्त आयोजनामा कार्यक्रम हुदैछ । रक्तदान कार्यक्रम बिहान १० बजे देखि २ बजेसम्म हुने आयोजक संस्थाका शिव काफ्लेले जानकारी दिएका छन् ।
रक्तदान सगै स्वर्गिय आर्चाको सम्झनामा श्रदान्जली सभा तथा स्मृति कार्यक्रम समेत राखिएको छ ।
सन् २००६ मा अमेरिका आएकी इराले टेक्ससमा रहेर बा“चुन्जेल आफुले सकेको सामाजिक योगदान दिइन । संघसंस्थाको अगुवाई गरिन । २०१३ देखि २०१४ सम्म उनी ड्यालस एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरिन ।
त्यस्तै उनी ब्लड डोर्नस अफ अमेरिकाका केन्द्रिय सदस्य तथा प्रकाशन प्रमुख भएर पनि काम गरिन । त्यस्तै उनी डेपलपमेन्ट फर पिस इन्टरनेशनलको कार्यक्रम निर्देशक भएर लामो समय देखि सामाजिक अभियानलाई अगाडी बढाउने काम गरिन ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...