अमेरिका– जो बाइडेन राष्ट्रपति निर्वाचित भएपछि उत्साही भइरहेका छन् । उनले अगाडीको तयारीमा जुटीरहेका छन् । तर डोनाल्ड ट्रम्प भने यो नतिजालाई लिएर विरोधमा उर्तिएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि जो बाइडेनको जीतलाई स्वीकार्न तयार भएका छैनन । उनले बाइडेनको जीतलाई लिएर एक पछि अर्को निशाना साँधीरहेका छन् ।

उनले बाइडेनको जीतलाई बेइमानीबाट हािसल गरेको जीत भन्दै आरोप लगाइरहेका छन् । उनले लगात्तार ट्वीट गदै चोरी गरेको चुनावमा जीत हािसल गरेका बताएका छन् । उनले ट्वीटमा भनेका छन्– उनिहरु चोर हुन, सहरको ठुलो तन्त्र भ्रष्टाचारमा लिप्त भइसकेको छ, यो चोरीको चुनाव थियो ।’
उनले यो पनि आरोप लगाएका छन् की अधिक संख्यामा मेल इन ब्यालेटस तय गरिएको राती ८ बजेको समय भन्दा पनि पछि आएको बताएका छन् । उनले त्यो समयमा भोटिङ समेत सकिएको थियो । ट्रम्पले त्यो पछि आएका भोटहरु गन्ती हुन नहुने बताएका छन् । तर पेन्सिलभेनियाको एउटा अदालतले भने यो ब्यालेट भोटिङ हुने दिन अगाडी नै पठाइएको स्पष्ट पारेको छ । ट्रम्पले लगात्तार ट्वीट गदै बाइडेनको जीत माथि हमला गरिरहेका छन् ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















