अमेरिका– कमला ह्यारिसलाई अमेरिकी चुनावको उपराष्ट्रपति पदमा जीत हासिल भएको छ । यसपटक अमेरिकामा अर्को एउटा नया इतिहास पनि रचिएको छ पहिलोपटक कमलाका पति डगलस इमहोफ ‘दोस्रो ज्यान्टल म्यान’ बन्न गइरहेका छन् । उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिका श्रीमान हुन । अमेरिकामा राष्ट्रपतिको पत्नीलाई ‘फस्ट लेडी’ को नामले संधोधन गर्ने गरिन्छ , त्यस्तै उपराष्ट्रपतिको पत्नीलाई ‘सेकेन्ड लेडी’ को नामले संबोधन गरिन्छ । अमेरिकामा यस अघि कहिल्यै पनि राष्ट्रपति या उपराष्ट्रपतिमा महिला पुगेका छैनन । यसैले औपचारिक रुपमा सेकन्ड ज्यान्टल म्यान, निर्वाचित नेताको पतिलाई संबोधन गरिन्छ ।
कमला ह्यारिसको हकमा पहिलो पटक पहिलो महिला, पहिलो अश्वेत महिला, भारतीय मुलकी पहिलो महिला, तथा आप्रवासीको छोरीको रुपमा उनले पहिलो पटक उपराष्ट्रपति पदको शपथ लिदैछिन् । यही क्रममा उनका पति डगलसले पनि पहिलो पटक इतिहास रच्दैछन् । कमलाको विवाह मनोरञ्जन वकील डगलस संग भएको हो । पतिले चुनाव प्रचारको दौरान कमलालाई ज्यान दिएर साथ दिएका थिए ।
उनले एक ट्वीट मार्फत कमला संग आफनो तस्विर राख्दै भनेका छन्– ‘तपाईहरु प्रति गर्व छ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected