यी हुन अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा भएका कम मतान्तरको प्रतिस्पर्धां

अमेरिका– अमेरिकी राष्ट्रपति निर्वाचनमा अहिले जो बाइडेनले जीत हासिल गरेपछि सबैतिर व्यापक चर्चा परिचर्चा भइरहेको छ । अमेरिकीर राष्ट्रपति निर्वाचनमा उम्मेदवार बीच कहिले अधिक त कहिले कम मतान्तरमा जीत हार हुदै आएको छ ।
सन २००० को चुनावमा जर्ज डब्लु बुस तथा अलगोर का बीच एकदमै कम मतान्तरले जीत हार भएको थियाे ।जुन चुनावमा बुसलाई २७१ इलेक्टोरल भोट प्राप्त भएको थियो भने अलगोरलाई २६६ इलेक्टोर भोट प्राप्त भएको थियो । यो अमेरिकी राष्ट्रपति निर्वाचनको सबैभन्दा आम्नेसाम्नेको प्रतिस्पर्धा मानिन्छ ।
सन् २००४ मा पनि जर्ज डब्लु बुस तथा जोन केरी बीच पनि प्रतिस्पर्धा नजिकको थियो । त्यो बेला बुसले २८६ इलेक्टोरल भोट ल्याएका थिए भने केरीले २५१ इलेक्टोरल भोट ल्याएका थिए ।
१९४८ मा अमेरिकी राष्ट्रपति निर्वाचनको सबैभन्दा नजिकको प्रतिस्पर्धा मानिनदै आएको छ । यो चुनावमा हेरी एस टयुम्यान राष्ट्रपति भएका थिए । १९८४ भा रोनाल्ड रिगनले ५२५ इलेक्टोरल तथा १९८० मा ४८९ इलेक्टोर मत ल्याएर जीत हासिल गरेका थिए ।
१९१६ को अमेरिकी चुनावमा भने कम मतान्तरको जीत मानिदै आएको छ । यो चुनावमा डेमाक्रेट उम्मेदवार बुड्रो बिल्सनले रिब्लिकन उम्मेदवार चाल्र्स इवान्सलाई पराजीत गरेका थिए । उनलाई २७७ इलेक्टोरल भोट प्राप्त भएको थियो ।
१९९० पछि धेरै मतदाताले भोट हाल्न थालेपछि चुनावी नतिजामा भारी अन्तर देखिन थालेको हो । क