नेपाली समाज टेक्ससको दशैतिहार तथा छठ पर्वको भच्युअल सांस्कृतिक कार्यक्रम
टेक्सस– नेपालीहरुको महानपर्व दशैतिहार तथा छठ पर्वको अवसरमा नेपाली समाज टेक्ससले यसपटक भच्युअल रुपमा कार्यक्रम आयोजना गरेको छ ।
नेपाली भाषा तथा संस्कृतिको संरक्षण गर्न समाजले प्रत्येक वर्ष गदै आएको सांस्कृतिक कार्यक्रम यसपटक भच्युअल मार्फत गरेको हो । कार्यक्रममा टेक्ससमा रहेका विभिन्न संघ संस्थाका नेपाली प्रतिनिधीहरुले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा जुम भिडियो मार्फत नेपालीका चर्चित कलाकारहरु निमा रुम्बा, यम बराल, उषाकिरण अधिकारी, शिव परियार,निशान भट्टराई, नारायण त्रिपाठी, सुभाष थापा
लगायतले चर्चित गीत गाएर मनोरजन दिएका थिए ।
कार्यक्रममा गैरआवासिय नेपाली संघ अमेरिकाका अध्यक्ष सुनिल शाह, नेपाली समाज टेक्ससका पुर्व अध्यक्षह गौरी जोशी, बैकुण्ठ थापा कृष्ण लामिछाने तथा लवक नेपाली समाजका अध्यक्ष डा प्रकाश श्रेष्ठ, हयुस्टन नेपाली समाजका अध्यक्ष विष्णु गौतम, ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष भोजराज भट्ट, नेपाली पाठशालाको तर्फबाट भोजराज बलायर र विजय भट्टराई,, नेपाली जनसम्पर्क समिति टेक्ससका ज्ञानेन्द्र कार्की, प्रवासी एकता मञ्च नेपालको तर्फबाट नारायण कडेल लगायतले शुभकामना प्रदान गरेका थिए । नेपाली भाषा पाठशालाका ६ जना बालिकाहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा टेक्ससका सबै संघसस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विदामा रहेको समाजका टेक्ससका अध्यक्ष दिनेश शर्माको पनि सहभागिता रहेका थिए । समाजका सबै पदाधिकारीहरु राष्ट्रिय पोशाकमा सजिएका थिए ।
कार्यक्रममा नेपाली समाज टेक्ससका महासचिव भानु खरेल, किरण पौडेलल तथा निर्मला राईले सयुक्त रुपमा कार्यक्रम चलाए ।
नेपाली समाज टेक्ससका कार्यबहाक अध्यक्ष राजेन्द्र बाग्लेको अध्यक्षतामा भएको कार्यत्रममा स्वागत उपाध्यक्ष कृष्ण भण्डारीले गरेका थिए । कार्यक्रम झण्डै चार घन्टा चलेको थियो ।