नि़शान राना / जापान
जापानको मौषम एजेन्सीका अनुसार यो बर्षकै सबैभन्दा शक्तिशाली हुने अनुमान गरिएको हागिबिस नामक सुपर ताइफु शनिवार जापान प्रवेश गर्दैछ । ताइफुले तोकाई ,कान्तो र टोकियो क्षेत्रमा हालसम्मको सबै भन्दा बढी असर पार्न सक्ने अनुमान गरिएको छ । सुपरमार्केटहरु शुक्रबार साझ नै छोटो समयमा बिग्रने समानलाई ब्यबस्थापन गरी बन्द गरिएको छ भने शनिबार ट्रेन र हवाई जहाज बन्द हुनेछ ।
एजेन्सीका अनुसार हागिबिस नामक ताइफुको केन्द्रिय गति १८० किलोमिटर प्रतिघण्टा छ भने हावाको झोक्का २५२ किलोमिटर प्रतिघण्टासम्म छ । ताइफुले आफ्नो गति शनिवार जापानको तोकाई र कान्तो प्रवेश गर्दासम्म सोही कायम राख्ने मौषमविद्हरुको अनुमान छ । मौषमविद्हरुले सन् १९५८ मा सिजुओका र कान्तोमा आएको ताइफु बराबरकै आँधीवेहरी र बर्षा हुनसक्ने अनुमान गरेका छन् । सो समयमा आएको ताइफुले १२ सय जनाभन्दा बढिको ज्यान लिएको थियो ।
सरकारले आपतकालका लागी संपर्कको लागि ”पुलिस११० ,
एम्बुलेन्स/ फायर डिपार्ट्मेन्ट ११९ तथा ११८ सामुद्रिक रेस्क्यु” नम्बर उपलब्ध गराएको छ । साथै जापानी भाषा नबुझ्ने बिदेशिको लागि ०५०–३८१६–२७८७ मा कल गरि अंग्रेजी, कोरियन तथा चिनियाँ भाषामा ताईफु सम्बन्धि जानकारी लिन सकिने व्यवस्थामा गरेका छन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...