अमेरिका– अमेरिकामा युवा सिनेटर देखि पाको उमेरको राष्ट्रपतिको शपथ लिदैछन् डेमोक्रेटका उम्मेदवार जो बाइडेनले ।
अमेरिकामा सबै भन्दा कम उमेरमा राष्ट्रपतिको कार्यभार सम्हालने जोन अफ क्यानेडी हुन । उनले १९६१ मा ४३ वर्षको उमेरमा राष्ट्रपतिको शपथ लिएका थिए । सन् १९९३ मा बिल क्लिन्टनले ४६ वर्षको उमेरमा राष्ट्रपतिको शपथ लिएका थिए ।
सबैभन्दा बढी उमेरमा राष्ट्रपतिको कार्यभार समाल्ने ४६ औ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन बन्दैछन् । राष्ट्रपति पदको कार्यभार सम्हाल्ने समय सम्म उनको उमेर ७८ वर्ष पुग्नेछ । बाइडेन भन्दा अगाडी डोनाल्ड ट्रम्प अमेरिकाको अधिक उमेर भएको राष्ट्रपति थिए । उनले २०१७ मा ७० वर्षको उमेरमा शपथ लिएका थिए ।
रोनाल्ड रिगनले १९८१ म ६९ वर्षको उमेरमा राष्ट्रपतिको पदभार सम्हालेका थिए । अमेरिकामा कम
उमेर भन्दा पनि धेरै उमेरमा राष्ट्रपति हुनेहरुको संख्या धेरैछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected