टेक्सस– टेक्ससकी सामाजिक अभियान्त इरा आचार्यको सम्झनामा आईतबार टेक्ससमा रक्तदान तथा स्मृति सभा सम्पन्न भएको छ ।
क्यानसर रोगबाट अल्पायुमै निधन भएकी आचार्यको प्रथम वार्षिकीको सम्झनामा अर्भिङको कार्टर ब्लड सेन्टरमा रक्तदान कार्यक्रम भएको हो ।
ब्लड डोर्नस अफ अमेरिका, ड्यालस एभरेष्ट लायन्स क्लब, नेपाली सोसाइटी अफ टेक्सस, डेभलपमेन्ट फर पिस इन्टरनेशनल, हर्स नेपाली समाज तथा स्रष्टा साझको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रम सगै गरिएको स्मृति सभामा दिवंगत इरा आचार्यका श्रीमान तथा टेक्ससमा सक्रिय साहित्य स्रष्टा बैकुण्ठराज आचार्यले जीवनसंगीनी इराको सामाजिक काम समेटिएको भिडियो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्ले, स्रष्टा साझका प्रभात दिक्षित, ब्लोड डोनर्स एशोसिएनका डा लिलाराज दाहाल, डा नन्द रेग्मी, एनआरएनए अमेरिकाज क्षेत्रका क्ष्ोत्रीय संयोजक राम सि पोखरेल, देवी आचार्य, सुरज पौडेल, बासुदेव भण्डारी, रमेश पोखरेल, भेषराज शिवकोटी, प्रतिमा खरेल लगायतले सामाजिक अभियान्त आचार्यको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको बारेमा शिव काफ्लेले प्रकाश पारेका थिए ।

सन् २००६ मा अमेरिका आएकी इराले टेक्ससमा रहेर बा“चुन्जेल आफुले सकेको सामाजिक योगदान दिइन । संघसंस्थाको अगुवाई गरिन । २०१३ देखि २०१४ सम्म उनी ड्यालस एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरिन ।
त्यस्तै उनी ब्लड डोर्नस अफ अमेरिकाका केन्द्रिय सदस्य तथा प्रकाशन प्रमुख भएर पनि काम गरिन । त्यस्तै उनी डेपलपमेन्ट फर पिस इन्टरनेशनलको कार्यक्रम निर्देशक भएर लामो समय देखि सामाजिक अभियानलाई अगाडी बढाउने काम गरिन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected