अमेरिका– अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता हस्तान्तरणका लागी कुनै तागतले आफुलाई रोक्न नसक्ने बताएका छन् ।
उनले डोनाल्ड ट्रम्पले आफनो हार स्वीकार नगरेपछि चुनौती स्वरुप यस्तो अभिव्यक्ति दिएका हुन । उनले ट्रम्पले आफनो हार स्वीकार नगुर्नु ज्यादै लज्जास्पद कुरा भएको बताए । बाइडेनले राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वका नेताहरुसंग कुराकानी गर्न समेत सुरु गरिसकेका छन् ।
यता पराजय भोगेका डोनाल्ड ट्रम्पले झिनो मतान्तरले हारेका राज्यमा पुनः मतदान हुनु पर्ने भन्दै अदालतमा मुद्धामा दायर गरेका छन् । बाइडेनले आउदो जनवरी २० सम्म सबै कुरा ठिकठाक हुने बताएका छन् । उनले सारा अमेरिकनहरुले अब मुलुकमा परिवर्तन भएको सोचीसकेको दाबी गरे ।
उनले पछिल्लो चार वर्षको कठिन राजनितिबाट अमेरिकालाई बाहिर निकाल्न सबै एकजुट हुनुपर्ने बेला आएको समेत बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected