अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको ६ दिनपछि चीनले दियो बाइडेनलाई बधाई
अमेरिका– अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि संसारभरबाट बधाईको आईरो लागेको छ ।
पछिल्लो समय मौन रहदै आएकोले चीनले पनि ढिलै भएपनि बाइडेनलाई बधाई ज्ञापन गरेको छ । धेरैको ध्यान चीनको मौनता माथि परिरहेको थियो ।
सबैले मुलुकले निर्वाचित भए लगत्तै बाइडेनलाई बधाई दिएका थिए । अमेरिकासंग तनावका बीच चीनले राष्ट्रपति निर्वाचन परिणामको ६ दिनपछि बधाई दिएको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता बाङ बेनिविन ले राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएका छन् । उनले भनेका छन्– चुनावी परिणामको पृष्टि अमेरिकी कानुन र प्रकृया अनुसार हुनेछ ।’
चीनले अमेरिकी जनताको रोजाईको आफुहरुले सम्मान गर्ने समेत बताएको छ ।
डोनाल्ड ट्रम्पले अहिलेसम्म हार स्वीकार नगरेपछि चीनले बाइडेनको जीतमा अहिलेसम्म बधाई दिएको थिएन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...