‘डाक्टरसाब ‘को एनआरएनएमा महासचिवको उम्मेदवारी

पेशाले फिजिसियन डाक्टर हुन केशव पौडेल । यो पेशा नै आफैमा विरामीको सेवा हो ।
बिरामीको सेवा गरिरहेका डाक्टर पौडेल गैरआवासिय नेपाली संघ (एनआरएनए )मा पनि सामाजिक सेवा गर्ने उत्कट अभिलाषा बोकेर महासचिव पदका लागी अगाडी बढेका छन् ।
यही १५ देखि १८ सम्म काठमान्डौमा हुन लागीरहेको एनआरएनएको विश्व सम्मेलनमा भाग लिन उता गएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा औपचारिक रुपमा महासचिवको उम्मेदवारी घोषणा गदै सामाजिक अभियानमा अझै अग्रसर हुने बताएका छन् । उनले आफनो सामाजिक चाहनाको योगदानलाई मूत रुपमा दिन महासचिवमा उम्मेदवारी दिएको उल्लेख गरे । ‘आफनो सामाजिक चाहनालाई अझै घनिभुत बनाउन महासचिवमा उम्मेदवारी दिएको हु“ उनले भने– ‘गैरआवासिय नेपाली र नेपालमा बस्ने नेपालीहरुलाई आफुले सकेको सहयोग र सेवा गर्नेछु ।’
उनले महासचिवको उम्मेदवारी संगै अमेरिकाका विभिन्न राज्यमा सामुदायिक भवन निर्माण देखि गैरआवासिय नेपालीलको नागरिकता, नेपालमा विपत परेको बेला आर्थिक तथा भौतिक सहयोग तथा एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा स्थापित गराउन आफनो योगदान रहने योजनालाई अगाडी सारेका छन् ।
यस अघि दुई पटक सम्म गैरआवासिय नेपाली संघ अमेरिकाको अध्यक्ष भइसकेका डाक्टर पौडेलले अब केन्द्रिय तहमा महासचिवमा उम्मेदवारी दिदै आफनो अनुभवलाई आत्मसाथ गदै सामाजिक उतरदायित्वलाई थप क्रियाशिल र सक्रिय बनाउदै लैजाने बताएका छन् ।
त्यसो त उनी पदमा नभए पनि आफनो सामाजिक सेवा प्रतिको भावालई सदैव अगाडी बढाइरहेका छन् ।डाक्टर पौडेल अमेरिकामा नेपाली समुदाय माझ लोकप्रिय छन् । अमेरिकामा अध्ययन गरेर चिकित्सा क्षेत्रमा अब्बल मानिएका डाक्टर पौडेलको नाम अग्रस्थानमा छ । अमेरिकाको न्युमेक्सिको स्थित लबलेस मेडिकल अस्पतालको मेडिकल डाइरेक्टर तथा वरिष्ठ चिकित्सकको रुपमा रहेका उनी चिकित्सा क्षेत्रमा यति ठुलो पदमा पुग्ने पहिलो नेपाली डाक्टर हुन । उनको यो टिममा उनी मातहातमा ५० जना चिकित्सक छन् । २०१४ देखि उनी उक्त पदमा कार्यरत छन् । उनी अमेरिकन चिकित्सकहरुको संस्था सोसाइटी अफ हस्पिटल मेडिसिन न्युमेक्सिसको अध्यक्ष समेत हुन । अमेरिकामा बसोबास गर्ने नेपाली समाजमा उनको नाम शीर्षस्थानमा आउछ ।उनले न्युयोर्कस्थित मोन्टेफोयरे मेडिकल सेन्टरबाट एमडी सकेका हुन । उनले अमेरिकामा हेल्थकियर हिरो देखि अन्य चिकित्सा क्षेत्रमा ठुला अर्वाड पनि जितेका छन् । नेपालमै कार्यरत रहदा पनि टिचिङ अस्पतालले उत्कृष्ठ मेडिकल डाक्टरको अर्वाड दिएको थियो उनलाई ।
उनले न्युयोर्कस्थित सुनि अप स्टेट मेडिकल युनिभर्सिटीमा सहायक प्राध्यापक भएर पाच वर्ष पढाए । उनी सोसाइटी अफ हस्पिटल मेडिसिन न्यु मेक्सिसकोको अध्यक्ष पनि हुन । अमेरिकाको चिकित्सहरुको धेरै संघ संस्थामा उनी आवद्ध छन् । गैरआवासिय नेपाली संघ अमेरिकाको दुई कार्याकाल अध्यक्ष भएर काम गरे । अहिले आइसिसिको महासचिवमा उम्मेदवारी दिएका छन् । डाक्टरी पेशा हर समय बिरामीको सेवा गरिरहनु पर्ने व्यस्तता छदैछ तर पनि उनी एनआरएनए संस्थामा लागेर सामाजिक अभियानमा आफुलाई अग्रसर गराइरहेका छन् ।
तनहुको सतिस्वा“रा सिस्नेरीका डाक्टर पौडेल २००५ मा डाक्टरी पढन् अमेरिका आएका थिए । अमेरिकामा मनग्गे आम्दानी हुने डाक्टरी पेशामा लागे पनि उनी आधा भन्दा बढी समय सामाजिक काममा नै लाग्दै आएका छन् । आधा भन्दा बढी समय विभिन्न सामाजिक अभियानमा व्यस्त हुनुहुन्छ, जीवनसंगीनी संगीता सापकोटाले भनिन– ‘पैसा नै कमाउने हो भने त उहा“ आफनो पेशामा नै पुरा समय दिनुहुन्थयो होला तर अधिक समय समाजसेवा नै लागेर बिताउनु भएको छ ।’