अमेरिका– अमेरिकी राष्ट्रपतिमा पराजय भोगेपछि डोनाल्ड ट्रम्पलाई मेलानियाले सम्बन्ध तोडने चर्चा चलीरहेको छ । राष्ट्रपति ट्रम्पकै पुर्व राजनितिक सहयोगी ओमारोसा मैनिगाल्ट न्युम्यानले दुवै बीच सम्बन्धबिच्छेद हुन सक्ने बताइरहेका छन् । अहिले उनी ट्रम्प माथि यसरी खनिएर भनेका छन् – की १५ वर्षको ट्रम्प र मेलानियाको सम्बन्ध तोडिने छ ।
तर मेलानियाको प्रवक्ताले भने यो कुराको खण्डन गरेका छन् । न्युम्यानले आफनो स्वार्थका लागी यस्तो प्रतिकृया दिएको उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फस्ट लेडी मेलानिया ट्रम्प बीचको उमेर अन्तर झन्डै आधा फरक छ । ट्रम्प र मेलानियाले प्रेम विवाह गरेका हुन । उनीहरुको प्रेमकहानी १९९८ बाट सुरु भएको थियो । जुन बेला ट्रम्पको उमेर ५२ वर्षको थियो भने मेलानियाको उमेर २८ वर्षको । जुन दिन न्युयोर्कमा फेसन सप्ताह चलीरहेको थियो । फेसन सप्ताहको दौरान टाइम्स स्क्वयारको किटकैट क्लबमा एउटा पार्टिको आयोजना गरिएको थियो ।
जुन पार्टिमा मेलानिया र ट्रम्प दुबै सहभागि थिए । त्यही क्रममा दुई जनाको नजर एकआपसमा परेको थियो । त्यहीबाट उनीहरुको कुराकानी सुरु भएको थियो । त्यस्तै सन् २००४ मा ट्रम्पले मेलानियालाई १ं.५ मिलियन डलरको डायमन्ड रिंग पहिराएर विवाहका लागी प्रपोज गरेका थिए । त्यसपछि २२ जनवरी २००५ मा उनिहरु बीच विवाह भएको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected